काठमाडौं । आईतबार नेप्से परिसूचक दोहोरो अंकले बढेर बजार बन्द भएको छ । आज कारोबार रकम भने बढेर करिब ३ अर्ब रुपैयाँको कारोबार भएको छ ।
आज नेप्से परिसूचक १४.७१ अंकले बढेर १ हजार ५८५.७५ को विन्दुमा आएर कारोबार बन्द भएको छ । राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स २.१९ अंकले बढेर ३१२.३५ को विन्दुमा सीमित बनेको छ । आज १९३ कम्पनीका ४४ हजार २३८ पटक सेयर कारोबार हुँदा ३ अर्ब ४ करोड ४१ लाख ३२ हजार ५६१ रुपैयाँ बराबरको कारोबार भएको छ । यस दिन १ करोड २ लाख ७४ हजार १३० कित्ता शेयरको किनबेच भएको छ ।
आज नेप्से उपसमूहमा रहेका १२ समूहमध्ये १० वटामा मात्र बढेको छ भने बाँकी २ वटाको शेयर मूल्यमा गिरावट आएको छ । यस दिन बैकिङ समूह १५.५६ अंक, व्यापार समूह १५.७७ अंक, होटल्स समूह ११.८७ अंक, विकास बैंक २३.४९ अंक, वित्त समूह २.४३ अंक, निर्जिवन विमा समूह २४.०७ अंक, उत्पादन समूह १४५.२६ अंक, अन्य समूह ११.१५ अंक, लघुवित्त समूह ४.०३ अंक, जीवन विमा समूह ४५.०३ अंकले बढेको छ भने जलविद्युत समूह १५.२६ अंक र म्युचल फण्ड समूह ०.३५ अंकले गिरावट आएको छ ।
यो दिन शिवभ सिमेन्टको सर्वाधिक २५ करोड ७७ लाख ६६ हजार ३३२ रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै नेपाल पुनर्बीमा कम्पनीको १८ करोड ५७ लाख ६० हजार १८ रुपैयाँ, नेपाल क्रेडिट एण्ड कमर्सियल बैंकको ११ करोड ४४ लाख १२ हजार ६०८ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज २ वटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ । कर्पोरेट डेभलपमेन्ट बैंकको ९.८४ प्रतिशत, प्रोगेसिभ फाइनान्सको ९.४५ प्रतिशतले शेयर मूल्य बढेको छ ।
आज युनियन हाइड्रोपावरको ९.८४ प्रतिशत, दिव्यश्वरी हाइड्रोपावरको ९.५७ प्रतिशत, खानीखोला हाइड्रोपावरको ९.४० प्रतिशतले गिरावट आएको छ ।