Logo

आइतवार, श्रावण २४ गते २०८३

images

आजदेखि समृद्धि फाइनान्सको हकप्रद निष्काशन

आजदेखि समृद्धि फाइनान्सको हकप्रद निष्काशन

दैनिकी न्यूज

१६, आश्विन २०७७
आजदेखि समृद्धि फाइनान्सको हकप्रद निष्काशन
images

काठमाडौं । आजदेखि समृद्धि फाइनान्स कम्पनी लिमिटेडले २०० प्रतिशत हकप्रद शेयर निष्काशन गरेको छ ।

कम्पनीले १ बराबर २ को अनुपातमा रू. ३६ करोड ३९ लाख ६० हजार ६०० बराबरको ३६ लाख ३९ हजार ६०६ कित्ता हकप्रद शेयर निष्काशन गरेको हो ।

उक्त हकप्रद विक्री गर्न कम्पनीले नेपाल धितोपत्र बोर्डबाट गत भदौ २ गते अनुमति पाएको थियो । हकप्रद विक्री गर्न अनुमति माग्दै कम्पनीले गत फागुन २३ गते बोर्डमा निवेदन दर्ता गराएको थियो ।

हकप्रद प्रयोजनका लागि कम्पनीले भदौ १२ गते बुक क्लोज गरेकाले भदौ ११ गतेसम्म कायम रहेका शेयरधनीहरुले मात्र उक्त कम्पनीको हकप्रदमा आवेदन दिन सक्नेछन् ।

विक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै बैंक अफ काठमाडौंका शाखा कार्यालयहरु धनगढी, नेपालगञ्ज, सुर्खेत, वीरगञ्ज, पोखरा, नारायणघाट, जनकपुर, विराटनगर, विर्तामोडबाट पनि आवेदन दिन सकिनेछ । त्यस्तै कम्पनीको केन्द्रीय कार्यालयसँगै पुतलीसडक र बुटवलको शाखा कार्यालयबाट पनि आवेदन दिन सकिने व्यवस्था छ ।

साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ । उक्त हकप्रदलाई इक्रा नेपाल लिमिटेडले कमजोर आधारहरु जनाउने इक्रा आईपीओ ग्रेड ५ रेटिङ्ग प्रदान गरेको छ ।

हाल कम्पनीको चुक्तापूँजी रू. १८ करोड १९ लाख ८० हजार रहेको छ । सोहि पूँजीको आधारमा कम्पनीले २०० प्रतिशत हकप्रद शेयर विक्री गर्न लागेको हो ।

images
प्रकाशित मिति :आश्विन १६, २०७७ शुक्रवार - ०६:२१:५६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology