काठमाडौं । नागबेली लघुवित्तलाई प्राप्ती गरे पश्चात कायम मिर्मिरे लघुवित्तको शेयर बिहीवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । मिर्मिरेले २० लाख ७ हजार १२३ दशमलव ६१५ कित्ता शेयर नेप्सेमा सूचीकृत गराएको हो ।
मिर्मिरे लघुवित्त र नागबेली लघुवित्त एक भएर भदौ ७ गतेदेखि एकिकृत कारोबार सुरु गरेका हुन् । बिहीवार शेयर सूचीकृत भई आइतवारदेखि कारोबार योग्य हुने भएपनि तत्कालै यो शेयर कारोबार भने हुने छैन् । असोज १२ गते श्रृजनशील लघुवित्तलाई प्राप्ती गर्ने सम्झौता गरेसँगै मिर्मिरेको शेयर कारोबार रोक्का रहेको छ ।