Logo

आइतवार, श्रावण २४ गते २०८३

images

सानिमा जनरल इन्स्योरेन्सको आइपीओ असोज २१ गतेदेखि निष्काशन

सानिमा जनरल इन्स्योरेन्सको आइपीओ असोज २१ गतेदेखि निष्काशन

दैनिकी न्यूज

१५, आश्विन २०७७
सानिमा जनरल इन्स्योरेन्सको आइपीओ असोज २१ गतेदेखि निष्काशन
images

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सले असोज २१ गतेदेखि सर्वसाधारणको लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ ।

कम्पनीले १०० रुपैयाँ अंकित दरका ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।

कम्पनीले निष्कासन गर्न लागेको कुल ३० लाख कित्तामध्ये १ लाख २० हजार कित्ता संस्थाका कर्मचारी र १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरुका लागि छुटयाइएको छ । बाँकी २७ लाख ३० हजार कित्ता शेयर सर्वसाधारणमा बाँडफाँड हुनेछ ।

कम्पनीको आईपीओमा असोज २१ गतेदेखि २५ गतेसम्म आवेदन गर्न सकिनेछ । जसमा न्यूनतम १० कित्तादेखि अधिकतम १००० कित्तासम्म आवेदन गर्न पाइने व्यवस्था रेहको छ ।

ईच्छुक लगानीकर्ताहरुले आस्वा सेवा प्राप्त बैंक तथा वित्तीय संस्थाहरुका साथै मेरो शेयर एप र मेरो शेयर सफ्टवेयर मार्फत शेयर आवेदन गर्न सक्नेछन ।

हाल कम्पनीको चुक्ता पूँजी ७० करोड रुपैयाँ छ । आइपीओ निष्कासन पश्चात चुक्ता पूँजी एक अर्ब रुपैयाँ पुग्नेछ ।

शेयर बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ ।

images
प्रकाशित मिति :आश्विन १५, २०७७ बिहिवार - ०६:३२:५७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology