Logo

सोमवार, श्रावण २५ गते २०८३

images

बुधबार पनि घट्यो शेयर बजार

बुधबार पनि घट्यो शेयर बजार

दैनिकी न्यूज

१४, आश्विन २०७७
बुधबार पनि घट्यो शेयर बजार
images

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा साताको चौथो दिन आज बुधबार झिनो अंकले घटेको छ । स्टकका अनुसार आज नेप्से ३.१९ अंकले घटेर १ हजार ५५० दशमलव ४३ विन्दुमा कायम भएको छ । बुधबार १ अर्ब ९५ करोड ३६ लाख बढीको कारोबार भएको छ । यस्तै ठूला कम्पनीको कारोवार गर्ने सेन्सेटिभ इन्डेक्स समेत शून्य दशमलब ६४ ले घटेको स्टकले जनाएको छ ।

आज कारोबार भएका समूहमध्ये ४ वटा समूहबाहेक अन्य सबै समूहको शेयर घटेको छ । आइतबार, सोमबार र मंगलबार लगातार तीन दिन नेप्से घटेको थियो ।

आज १९० कम्पनीका ३६ हजार २८२ पटक सेयर कारोबार हुँदा ६१ कम्पनीका सेयरमूल्य उकालो लाग्यो भने ८९ कम्पनीका सेयरमूल्य ओरालो लाग्यो। २० कम्पनीका सेयरमूल्य भने स्थिर रह्यो।

आज नेप्से उपसमूहमा रहेका १२ समूहमध्ये ४ वटामा मात्र बढेको छ भने बाँकी ८ वटामको शेयर मूल्यमा गिरावट आएको छ । यस दिन विकास बैंक समूह सबैभन्दा बढी बढ्यो ।यो समूहमा सर्वाधिक ३४.५४ अंकको बढोत्तरी आयो । यसैगरी जलविद्युत् समूह ८.७ अंक, वित्त समूह ३.०१ अंक र म्युचुअल फन्ड समूह ०.१३ अंकले बढ्यो। उता निर्जीवन बीमा समूहमा सबैभन्दा धेरै ५१.५५ अंकको गिरावट आएको छ। बीमा समूह ३५.७ अंक, बैंकिङ समूह ४.१७ अंक, व्यापार समूह ११.०९ अंक, होटेल्स् समूह १५ अंक, उत्पादन तथा प्रशोधन समूह ७.२२ अंक, अन्य समूह २.७६ अंक र लघुवित्त समूह ६.७८ अंकले गिरावट आयो ।

आज नेप्सेमा सूचीकृतमध्ये १९० कम्पनीका ८० लाख १९ हजार ६६१ कित्ता सेयर १ अर्ब ९५ करोड ३६ लाख ३६ हजार ६९४ रुपैयाँमा कारोबार भएका छन्। यो दिन नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक ११ करोड २४ लाख रुपैयाँ बढीको कारोबार भएको छ। त्यस्तै अरुण काबेलीको ९ करोड ७८ लाख रुपैयाँ, नेसनल हाइड्रोपावरको ९ करोड २१ लाख रुपैयाँ, हिमाल दोलखा हाइड्रोपावरको ८ करोड २९ लाख रुपैयाँ, अपी पावरको ७ करोड ४८ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको ६ करोड ६२ लाख रुपैयाँ, नेपाल बैंकको ५ करोड २० लाख रुपैयाँ, कमना सेवा विकास बैंकको ४ करोड ८९ लाख रुपैयाँ, एनएमबी बैंकको ४ करोड ८१ लाख रुपैयाँ र नेपाल लाइफ इन्स्योरेन्सको ४ करोड ६१ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

आज पाँचवटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। कामना सेवा विकास बैंक र जोशी हाइड्रोपावरको सेयरमूल्यमा १० प्रतिशत तथा आँखुखोला जलविद्युत, घलेम्दी हाइड्रो र युनियन हाइड्रोपावरको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा बढोत्तरी भएर पोजेटिभ सर्किट लागेको हो।

यो दिन पञ्चकन्या माई हाइड्रो, खानीखोला हाइड्रोपावर, दिव्यश्वरी हाइड्रोपावर, कर्णाली डेभलपमेन्ट बैंक र हिमाल दोलखा हाइड्रोपावरको सेयरमूल्यमा पनि ९ प्रतिशत बढीको उछाल आएको छ।

आज नेपाल फाइनान्सका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरमूल्यमा ७ प्रतिशतको हाराहारीमा गिरावट आएको छ।

images
प्रकाशित मिति :आश्विन १४, २०७७ बुधवार - १५:३१:४४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology