Logo

सोमवार, श्रावण २५ गते २०८३

images

कस्तो रहला आज दिनभरको मौसम ?

कस्तो रहला आज दिनभरको मौसम ?

दैनिकी न्यूज

१२, आश्विन २०७७
कस्तो रहला आज दिनभरको मौसम ?
images

ललितपुर । केहीदिनदेखि देशैभर विग्रेको मौसम अब भने क्रमैसँग सुधार हुँदै जाने देखिएको छ । मौसम पुर्वानुमान विभागका अनुसार हाल भारतको पुर्वी बिहार आसपास रहेको न्युन चापीय प्रणाली कमजोर हुने क्रममा छ।

आज देशका पहाडी भू–भागमा आंशिकदेखी सामान्य बदली भएको छ । आज दिउँसो प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र ५ नं प्रदेशमा सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षा हुनेछ भने बाँकी प्रदेशहरुमा आंशिक बदलीको सम्भावना रहेको विभागले जनाएको छ ।

त्यसैगरी आज राती प्रदेश नं १ र गण्डकी प्रदेशमा सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षा हुनेछ भने बाँकी प्रदेशहरुमा आंशिक बदलीको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

images
प्रकाशित मिति :आश्विन १२, २०७७ सोमवार - ०७:१७:३० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology