काठमाडौं । बुधबार सुनचाँदीको भाउ घटेको छ । बुधबार छापावाल सुन प्रतितोला १२०० रुपैयाँ घटेको छ । मंगलबार तोलाको ९५ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज (बुधबार) तोलामा १२ सय रुपैयाँले घटेर ९४ हजार ३ सय रुपैयाँ पुगेको हो । तेजावी सुन प्रति तोला ९३ हजार ८०० रुपैया पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको भाउ पनि आज ४० रुपैयाँले घटेर तोलामा ११ सय ९० रुपैयाँ कारोबार भैरहेको छ । तर मंगलबार चाँदी तोलामा १२ सय ३० रुपैयाँ कारोबार भएको थियो ।