काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २२.९१ अंकले घटेर १५४६.१५ विन्दुमा पुगेको छ । यस दिन १९९ कम्पनीको ४७ हजार ८७६ पटकको कारोबारमा २ अर्ब ८१ करोड ४ लाख २५ हजार २६८ रुपैयाँ बराबरको ७८ लाख ५० हजार ६५ कित्ता शेयर खरीद बिक्री भएको छ । यो दिन राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स ४.८४ अंकले घटेर ३०७.३९ को विन्दुमा आएर कारोबार बन्द भएको छ ।
यो दिन शिखर इन्स्योरेन्सको सर्वाधिक ३१ करोड ९४ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नेपाल बैंकको १९ करोड ११ लाख रुपैयाँ बढीको कारोबार भएको आज नेपाल पुनर्बीमा कम्पनीको १२ करोड ४३ लाख रुपैयाँ, एनएमबी बैंकको ७ करोड ४२ लाख रुपैयाँ, रिलायन लाइफ इन्स्योरेन्सको ७ करोड ८ लाख रुपैयाँ, नेको इन्सुरेन्सको ६ करोड ५५ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको ६ करोड २० लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ५ करोड ८४ लाख रुपैयाँ, छिमेक लघुवित्तको ४ करोड ६९ लाख रुपैयाँ र नबिल बैंकको ४ करोड ५१ लाख रुपैयाँ बढीको कारोबार भएका छ।
कारोबारमा आएका १२ वटा समूहमध्ये व्यापार समूह बाहेक अन्यसबै समूहको परिसूचक ओरालो लागेका छन् । यो दिन सबैभन्दा धेरै निर्जीवन बीमा समूहमा ११२.६६ अंकको गिरावट आएको छ। जीवन बीमा समूहमा १०९.४७ अंकको गिरावट आएको यो दिन बैंकिङ समूह २२.३६ अंक, व्यापार समूह २.१३ अंक, होटेल्स् समूह १५.०६ अंक, विकास बैंक समूह ४०.३ अंक, जलविद्युत् समूह २४.९१ अंक, वित्त समूह १२.४९ अंक, उत्पादन तथा प्रशोधन समूह ३५.०५ अंक, अन्य समूह ७.२२ अंक, लघुवित्त समूह २३.२४ अंक र म्युचुअल फन्ड समूह ०.०८ अंकले घटेको छ।
आज व्यापार समूहको परिसूचक ७.११ अंकले बढेको छ भने निर्जीवन बीमा समूहको परिसूचक ११२.६६अंकले घटेको छ ।
आज कारोबारमा आएका १९९ कम्पनीमध्ये जम्मा १२ कम्पनीको सेयर मूल्य बढेको छ भने १५५ कम्पनीको मूल्यमा गिरावट आएको छ । अन्य कम्पनीको मूल्य स्थिर रहेको छ ।
आज लगानीकर्ताको रोजाइमा शिखर इन्स्योरेन्सपरेको छ ।