Logo

सोमवार, श्रावण २५ गते २०८३

images

सानिमा जनरललाई आईपीओ निष्काशन गर्न बोर्डको अनुमति

सानिमा जनरललाई आईपीओ निष्काशन गर्न बोर्डको अनुमति

दैनिकी न्यूज

५, आश्विन २०७७
सानिमा जनरललाई आईपीओ निष्काशन गर्न बोर्डको अनुमति
images

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सले सर्वसाधारणको लागि आईपीओ निष्काशनको लागि नेपाल धितोपत्र बोर्डबाटअनुमति पाएको छ । बोर्डबाट कम्पनीले आईपीओ निष्काशन गर्न आज अनुमति पाएको हो ।

कम्पनीले हाल कायम जारी पूँजीको ३० प्रतिशत अर्थात ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ निष्काशन गर्न अनुमति पाएको हो ।

हाल कम्पनीको चुक्ता पुँजी ७० करोड रुपैयाँ रहेको छ । आइपीओपछि चुक्ता पुँजी १ अर्ब रुपैयाँ पुग्नेछ । निर्जीवन बिमा कम्पनीहरुको न्यूनतम चुक्ता पुँजी १ अर्ब रुपैयाँ हुनुपर्ने प्रावधान छ । सोही प्रावधानअनुसार कम्पनीले आइपीओ निष्कासन गर्न लागेको हो ।

सानिमा जनरल इन्स्योरेन्सले आईपीओ निष्काशन गर्ने प्रस्ताव गत माघ २४ गते सम्पन्न साधारण सभाले पारित गरेको थियो ।

images
प्रकाशित मिति :आश्विन ५, २०७७ सोमवार - १७:३८:१३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology