Logo

आइतवार, श्रावण २४ गते २०८३

images

६ ओटा जलविद्युत् कम्पनीको शेयर मूल्य ९ प्रतिशत भन्दा बढी घट्यो

६ ओटा जलविद्युत् कम्पनीको शेयर मूल्य ९ प्रतिशत भन्दा बढी घट्यो

दैनिकी न्यूज

५, आश्विन २०७७
६ ओटा जलविद्युत् कम्पनीको शेयर मूल्य ९ प्रतिशत भन्दा बढी घट्यो
images

काठमाडौं । आइतवार छ ओटा जलविद्युत् कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा बढीका दरले घटेको छ ।

जलविद्युत् कम्पनीको शेयर मूल्य एक हप्ताभन्दा अगाडिबाट बढीरहेको हँुदा लगानीकर्ताले प्रोफिट बुक गरेपछि शेयर मूल्य घटेको हो । सबैभन्दा बढी हिमाल दोलखा हाइड्रोपावर कम्पनीको शेयर मूल्य १० प्रतिशत घटेको छ ।

त्यसैगरी आइतवारबाटै कारोबार शुरु गरेको लिबर्टी इनर्जी कम्पनीको शेयर मूल्य शुरुमा १० प्रतिशतका दरले वृद्धि भएकोमा पछि विक्रेता हावी हुँदा १० प्रतिशत घटेको हो ।

त्यसैगरी हिमालयन उर्जा विकास कम्पनीको शेयर मूल्य ९ दशमलव ९३ प्रतिशत, पाँचथर पावर कम्पनीको ९ दशमलव ८२ प्रतिशत, जोशी हाइड्रोपावर कम्पनीको शेयर मूल्य ९ दशमलव ७३ र पञ्चकन्या माई हाइड्रोपावर कम्पनीको शेयर मूल्य ९ दशमलव ५७ प्रतिशत घटेको छ ।
आइतवार शेयर मूल्य घट्नेमा अधिकाशं जलविद्युत् कम्पनी रहेका छन् ।

लगानीकर्ताले अल्पकालिन रुपमा जलविद्युत् कम्पनीको शेयरमा लगानी गरी प्रोफिट बुक गरेपछि मूल्य घटेको शेयर बजार विश्लेषकहरुले बताएका छन् ।आर्थिक अभियानबाट

images
प्रकाशित मिति :आश्विन ५, २०७७ सोमवार - ०६:४०:३९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology