Logo

सोमवार, श्रावण २५ गते २०८३

images

अस्पतालका कर्मचारी मृत भेटिए

अस्पतालका कर्मचारी मृत भेटिए

दैनिकी न्यूज

४, आश्विन २०७७
अस्पतालका कर्मचारी मृत भेटिए
images

धरान । विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा कार्यरत एक कर्मचारी नहरमा मृतावस्थामा भेटिएका छन्। सिमरा घर भई ११ वर्षदेखि अस्पतालमा कार्यरत ३२ वर्षीय सूर्य मिश्र मृतअवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। अस्पतालमा बिजुली मर्मतको काम गर्दै आएका उनको शव शनिबार बिहान ११ बजे अस्पताल नजिक हुँदै बगेको नहरमा भेटिएको थियो। शवलाई भरतपुर अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।

अस्पतालका कार्यकारी निर्देशक डा। देजकुमार गौतमले घटनाको छानविन गर्न माग गरे। यसैबीच करेन्ट लागेर यहाँ एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा पाल्पा मायागडी गाउँपालिका वडा नं ८ घर भइ भरतपुर महानगरपालिका ३ मा रहेको त्रिशक्ति कंक्रिट एण्ड ब्लक उद्योगमा कार्यरत २७ वर्षीय प्रेम राना रहेको प्रहरीले जनाएको छ।

उद्योगमा रहेका तारमा कपडा सुकाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सुर्य थापाले जानकारी दिए। रासस

images
प्रकाशित मिति :आश्विन ४, २०७७ आइतवार - ०६:४३:५९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology