Logo

आइतवार, श्रावण २४ गते २०८३

images

एक हप्तामा हाइड्रोपावर कम्पनीका शेयरधनीले कमाए आकर्षक मुनाफा

एक हप्तामा हाइड्रोपावर कम्पनीका शेयरधनीले कमाए आकर्षक मुनाफा

दैनिकी न्यूज

४, आश्विन २०७७
एक हप्तामा हाइड्रोपावर कम्पनीका शेयरधनीले कमाए आकर्षक मुनाफा
images

काठमाडौं । गत एक हप्ता हाइड्रोपावर कम्पनीहरुको शेयर मूल्यमा अप्रत्याशित रुपमा वृद्धि भएको छ ।

नेप्सेमा सूचीकृत ३३ ओटै कम्पनीका शेयरधनीले आकर्षक मुनाफा कमाएका छन् । सबैभन्दा बढी राधी विद्युत् कम्पनीका शेयरधनीले कमाएका छन् ।उक्त कम्पनीको शेयर मूल्य अघिल्लो साता भदौ २६ गते प्रतिशेयर रू। २१८ रहेकोमा गत हप्ता असोज २ गते रू. २८४ पुगेको छ ।

त्यसैगरी दोस्रोमा अरुण भ्याली हाइड्रोपावर कम्पनीको शेयर मूल्य रू. ५९ ले वृद्धि भएको छ । यस समय अवधिमा हाइड्रोपावर कम्पनीका शेयरमा लगानी गर्ने अल्पकालिन लगानीकर्ताले पनि राम्रो प्रतिफल पाएका छन् ।

अझै अंकित मूल्यभन्दा तल शेयर मूल्य रहेका कम्पनी पाँच ओटा रहेका छन् । घलेम्दी हाइड्रोपावर,आँखुखोला जलविद्युत् कम्पनी, खानीखोला, दिब्यश्वरी र नेशनल हाइड्रोपावर कम्पनीको शेयर मूल्य अंकित मूल्यभन्दा कम रहेको छ । आर्थिक अभियानमा खबर छ ।

images
प्रकाशित मिति :आश्विन ४, २०७७ आइतवार - ०६:०३:०२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology