Logo

सोमवार, श्रावण २५ गते २०८३

images

ललितपुरको ताल्छीखेलबाट साढे चार लाख बराबरको नक्कली नोट बरामद

ललितपुरको ताल्छीखेलबाट साढे चार लाख बराबरको नक्कली नोट बरामद

दैनिकी न्यूज

१, आश्विन २०७७
ललितपुरको ताल्छीखेलबाट साढे चार लाख बराबरको नक्कली नोट बरामद
images

ललितपुर । ललितपुरबाट प्रहरीले ४ लाख ६५ हजार रुपैयाँ बराबरको नेपाली नक्कली नोट बरामद गरेको छ । ललितपुर महानगरपालिका वडा नं. १४, ताल्छीखेलमा रहेको एक सुन पसलमा आएका ग्राहकले नक्कली नोट दिएर सुन खरिद गरेको पाइएको हो ।

दुर्गा जेम्स एण्ड ज्वेलरी नामक पसलका सञ्चालक डम्बरबहादुर रिजालले प्रहरीलाई सूचना दिएपछि फरार व्यक्तिको खोजी थालिएको छ । महानगरीय प्रहरी वृत्त, सातदोबाटोका डीएसपी मित्रबन्धु शर्माले घटनाबारे अनुसन्धान भइरहेको बताए ।

‘१७ मिनेटमा काम सकेर पसलबाट बाहिरिका थिए,’ पसल सञ्चालकले डम्बर बहादुर रिजालले भने, ‘बिल बनाउँदै गर्दा सुन किन्न आएका उनीहरु एकाएक फरार भए ।’

पैसा राम्रोसँग नहेरी बिल बनाउन थालेको बेला सुन किन्न भनेर आएका उनीहरु भागेको रिजालले प्रहरीसमक्ष बताएका छन् ।

बिल बनाउँदै गर्दा एकाएक फरार भएपछि सञ्चालक रिजालले प्रहरीलाई सूचना दिएका थिए । प्रहरी घटनास्थलमा पुगेर सीसीटिभी फुटेज हेरेको थियो । सीसीटिभी फुटेजमा हेल्मेट लगाएका २ जना मोटरसाकइल चढेर भागेका छन् ।

images
प्रकाशित मिति :आश्विन १, २०७७ बिहिवार - २१:४४:१३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology