काठमाडौं । माछापुच्छ्रे बैंकले गत आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
बैंकको असोज १ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाइ चुक्ता पूँजीको ७.०३ प्रतिशत बोनस शेयर र कर सहित ३.३७ प्रतिशत नगद गरी कुल १०.४० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्विकृति र बैंकको आगामि साधारणसभाले पारित गरेपछि शेयरधनीहरुले पाउनेछन्।