काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचकमा आज मंगलबार झिनो अंकका गिरावट आएको छ। आज कारोबार रकमसमेत पौने २ अर्ब रुपैयाँमा खुम्चिएको छ।
मंगलबार नेप्से परिसूचक ४.४७ अंकको गिरावटका १ हजार ५३६.०३ अंकमा आएर आजको कारोबार बन्द भएको छ । राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव ५९ अंकको गिरावटका साथ ३०४ दशमलव ६५ को विन्दुमासीमित बनेको छ। आज नेप्सेमा सूचीकृत १९१ कम्पनीका ५५ लाख ३५ हजार ९८९ कित्ता सेयर १ अर्ब ७४ करोड ७८ लाख ६६ हजार ८७ रुपैयाँमा कारोबार भयो।
आज नेप्सेमा सूचीकृतमध्ये ४५ कम्पनीका सेयरमूल्य बढ्यो भने ११५ कम्पनीका सेयरमूल्य गिरावट आयो । । ९ कम्पनीका सेयरमूल्य भने स्थिर रहेको थियो।
आज नेप्से उपसमूहमा रहेका १२ वटा समूहमध्ये ३ वटामा हरियाली छाएको छ भने बाँकी ९ वटामा रातो पोतिएको छ। यो दिन जीवन बीमा समूहमा सबैभन्दा बढी १७.३३ अंकको बढ्यो। होटेल्स् समूहमा ९.२४ अंक, म्युचुअल फन्ड समूहमा ०.०४ अंकले बढ्यो । उता विकास बैंक समूहमा सबैभन्दा बढी १४.५५ अंकको गिरावट आयो। व्यापार समूहमा १३.७५ अंक, बैंकिङ समूहमा ३ अंक, जलविद्युत् समूहमा ८.१६ अंक, वित्त समूहमा २.५ अंक, निर्जीवन बीमा समूहमा ३.२३ अंक, उत्पादन तथा प्रशोधन समूहमा १२.४६ अंक, अन्य समूहमा ७.३९ अंक र लघुवित्त समूहमा ३.९९ अंकको गिरावट आएको छ।
यो दिन नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा बढी ११ करोड १६ लाख रुपैयाँ बढीको कारोबार भयो। कुमारी बैंकको ६ करोड ४८ लाख रुपैयाँ बढीको कारोबार भएको आज नेपाल लाइफ इन्स्योरेन्सको ६ करोड ३९ लाख रुपैयाँ, नेको इन्सुरेन्सको ६ करोड २३ लाख रुपैयाँ, नेपाल बैंकको ५ करोड ८६ लाख रुपैयाँ, शिखर इन्स्योरेन्सको ५ करोड ५५ लाख रुपैयाँ, सूर्या लाइफ इन्स्योरेन्सको ४ करोड २८ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ३ करोड ७९ लाख रुपैयाँ, बैंक अफ काठमाण्डूको ३ करोड ५३ लाख रुपैयाँ र शिवम् सिमेन्टको ३ करोड ५१ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
आज ५ वटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। दिव्यश्वरी हाइड्रोपावरको सेयरमूल्यमा १० प्रतिशत तथा एनआरएन लघुवित्त, रिलायन्स लाइफ इन्स्योरेन्स, खानीखोला हाइड्रोपावर र घलेम्दी हाइड्रोपावरको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको हो। त्यस्तै आज युनियन हाइड्रोपावर र आँखुखोला जलविद्युतको सेयरमूल्यमा पनि ९ प्रतिशतको हाराहारीमा बढ्यो ।
यो दिन माउन्टेन हाइड्रो नेपालको सेयरमूल्यमा ५ प्रतिशतको हाराहारीमा गिरावट आएको छ।