Logo

सोमवार, श्रावण २५ गते २०८३

images

मंगलबार पनि बढ्यो सुनचाँदीको भाउ

मंगलबार पनि बढ्यो सुनचाँदीको भाउ

दैनिकी न्यूज

३०, भाद्र २०७७
मंगलबार पनि बढ्यो सुनचाँदीको भाउ
images

काठमाडौं । नेपाली बजारमा सुनको भाउ आज (मंगलबार) पनि बढेको छ । सोमबार सुनको मूल्य प्रतितोला ९६ हजार ९ सयमा कारोबार भएकोमा आज तोलामा ६ सयले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ५ सय रहेको छ भने तेजावी सुनको मूल्य ९७ हजार रहेको छ ।

5-30.PNG

त्यस्तै, आज चाँदीको भाउ पनि २० रुपैयाँले बढेको छ। योसँगै मंगलबार चाँदी प्रतितोला १ हजार ३४० रुपैयाँ कायम भएको छ। 

चाँदीको भाउ हिजो सोमबार पनि १० रुपैयाँले बढेर तोलाको १ हजार ३२० रुपैयाँमा कारोबार भएको थियो। 

images
प्रकाशित मिति :भाद्र ३०, २०७७ मंगलवार - ११:४३:२६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology