Logo

आइतवार, श्रावण २४ गते २०८३

images

सोमबार पनि शेयर बजारमा पहिरो

सोमबार पनि शेयर बजारमा पहिरो

दैनिकी न्यूज

२२, भाद्र २०७७
सोमबार पनि शेयर बजारमा पहिरो
images

काठमाडौँ । सोमबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ ।

नेप्से परिसूचक १२.१७ अंकले घटेर १ हजार ४८७ दशमलव ८१ को विन्दुमा आएर आजको कारोबार बन्द भएको छ । यो दिन राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स ३.५५ अंकले घटेर २९८.६४ को विन्दुमा आएर कारोबार बन्द भएको छ । यस दिन १९२ कम्पनीको ५५ लाख ९५ हजार ५५१ कित्ता शेयरको किनबेच भई २ अर्ब १६ करोड ४९ लाख ३० हजार २१४ रुपैयाँ बराबरको कारोबार भएको छ । यस दिन २८ हजार ७८ वटा कारोबार भएको छ ।

आज कारोबारमा आएका व्यापार समूह २२.९८ अंक, वित्त समूह ०.३ अंक, अन्य समूह ३.७९ अंक र लघुवित्त समूह १.१५ अंकले बढेका छन् । उता बैकिङ समूह १७.३६ अंक, होटल्स समूह २.५६ अंक, विकास बैंक समूह १५.८५ अंक, जलविद्यूत समूह ३.५३ अंक, निर्जिवन विमा समम्ूह ४६.७६ अंक, उत्पादन समूह १७.६८ अंक, जीवन वीमा समूह ९२.५४ अंक र म्युचल फण्ड समूह ०.०५ अंकले गिरावट आएको छ ।

यो दिन नेपाल पुनर्बीमा कम्पनीले उच्च कारोबार गर्यो । यो कम्पनीको मात्र २८ करोड ४० लाख ३७ हजार ६९ रुपैयाँ बराबरको कारोबार भयो । यसैगरी नागरिक लगानी कोषको १५ करोड ६३ लाख ३ हजार ५६९ रुपैयाँ, नेको इन्स्योरेन्स कम्पनीको ९ करोड ३ लाख १९ हजार ९२७ रुपैयाँ बराबरको कारोबार भएको छ ।

 

images
प्रकाशित मिति :भाद्र २२, २०७७ सोमवार - १५:१५:१५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology