Logo

सोमवार, श्रावण २५ गते २०८३

images

अब वैकल्पिक कक्षालाई मान्यता, ६ महिनामा कोर्स पूरा हुने गरी पाठ्यक्रम परिमार्जन गरिँदै

अब वैकल्पिक कक्षालाई मान्यता, ६ महिनामा कोर्स पूरा हुने गरी पाठ्यक्रम परिमार्जन गरिँदै

दैनिकी न्यूज

२२, भाद्र २०७७
अब वैकल्पिक कक्षालाई मान्यता, ६ महिनामा कोर्स पूरा हुने गरी पाठ्यक्रम परिमार्जन गरिँदै
images

काठमाडौं । शैक्षिक सत्र खेर जान नदिन शिक्षा मन्त्रालयले पाठ्यक्रम समायोजनसहित वैकल्पिक कक्षालाई नै मान्यता दिने भएको छ । त्यसका लागि पाठ्यक्रम विकास केन्द्रले कक्षा १ देखि १० सम्मको पाठ्यक्रम समायोजन गरिरहेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले पनि वैकल्पिक कक्षालाई आवश्यक पाठ उत्पादनमा जोड दिएको छ ।

मन्त्रालयले वैकल्पिक कक्षालाई नै औपचारिक गणना गर्दै मूलधार शिक्षाको मान्यता दिन कार्ययोजना निर्माण गर्ने भएको हो । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले विद्यालय, प्राविधिक र उच्च शिक्षामा वैकल्पिक पद्धतिबाट भइरहेको पठनपाठनलाई औपचारिक मान्यता दिने बताए ।

सामुदायिक विद्यालयमा असार १ देखि, निजीमा वैशाखदेखि नै र विश्वविद्यालयमा पनि खुल्ला र दूरशिक्षाका कार्यक्रम सञ्चालन गरिएका छन् । मन्त्रालयले शिक्षक–विद्यार्थी ‘फेस टु फेस’ भएर पठनपाठन गर्ने अवस्था नरहेकाले अनलाइन, रेडियो, टेलिभिजन र स्वअध्ययन कक्षालाई शैक्षिक सत्रमा गणना गर्ने निर्णय गरेको हो । करिब ९० लाख विद्यार्थी चैतदेखि विद्यालय गएर पढ्न पाएका छैनन् । आजको कान्तिपुर दैनिकबाट

images
प्रकाशित मिति :भाद्र २२, २०७७ सोमवार - ०७:५२:३६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology