Logo

आइतवार, श्रावण २४ गते २०८३

images

प्रि ओपनिङ्ग सेसनमा ४२ अंक बढ्यो शेयरबजार

प्रि ओपनिङ्ग सेसनमा ४२ अंक बढ्यो शेयरबजार

दैनिकी न्यूज

२१, भाद्र २०७७
प्रि ओपनिङ्ग सेसनमा ४२ अंक बढ्यो शेयरबजार
images

काठमाडौं । साताको पहिलो कारोबार दिन प्रि ओपनिङ्ग सेसनमा नेप्से परिसूचक ४२.०१ अंक अर्थात २।७८ प्रतिशत बढेको छ।

शेयरबजारका लगानीकर्ताहरुमाझ राम्रो छवि बनाउन नसकेका अर्थमन्त्री डा। युवराज खतिवडाले राजिनामा दिएपछिको आज पहिलो कारोबार दिन हो। उनको बार्हिगमनका कारण यस दिनको शेयरबजार प्रभावित भएको विश्लेषण गरिएको छ।

अधिकांस कम्पनीहरुको शेयरमूल्य ४ प्रतिशतभन्दा धेरैले बढेको छ । यसरी प्रि ओपनिङमा नै कम्पनीको शेयर मूल्य धेरै बढे पछि नेप्से २.७८ प्रतिशतले बढेको हो । सो सेसनमा ८५ कम्पनीको शेयरमूल्य बढेको छ भने २ कम्पनीको शेयरमूल्य घटेको छ।

नेप्सेको प्रि ओपनिङ्ग सेसनमा ८७ कम्पनीका ४३ हजार ५१७ कित्ता शेयर २ करोड ११ लाख ९८ हजार रुपैंयामा किनबेच भएका छन् ।

यस अवधिमा नेप्से परिसुचक ४२.०१ अंकले बढेर १५५२.४३ अंकमा उक्लिएको छ ।

images
प्रकाशित मिति :भाद्र २१, २०७७ आइतवार - ११:०५:३१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology