काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १२ सय २८ जना कोरोना संक्रमित थपिएका छन् । यो अवधिमा १३ हजार चार सय १३ जनाको नमुना संकलन गरी पिसिआर विधिबाट परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
देशभर हालसम्म संक्रमित हुनेको संख्या ४२ हजार आठ सय ७७ पुगेको छ ।
यो थप भएको संख्या समेत जोड्दा हाल सक्रिय संक्रमित १८ हजार चार सय १३ रहेको मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।
संक्रमितमध्ये १० हजार ६ सय ७१ जना संस्थागत आइसोलेसन र ६ हजार सात सय ४९ जना होम आइसोलेसनमा छन् । पछिल्लो २४ घन्टामा नौ सय १७ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।