साताको अन्तिम दिन बिहिबार नेप्से थोरै घटेको छ। बिहिबार नेप्से सुन्य दशमलब १५ अंकले घटेर १ हजार ५ सय १० दशमलब ४२ अंकमा पुगेर बजार बन्द भएको छ।
यस दिन १ सय ८६ कम्पनीको ९३ लाख २ हजार ९ सय ७० कित्ता किनबेच हुँदा २ अर्ब ६३ करोड ४८ लाख ८६ हजार २३१ रुपैयाको कारोबार भएको छ।
यस दिन सबै भन्दा धेरै नेपाल पुनर्बिमा कम्पनीको शेयर किनबेच भएको छ। यसको ४१ करोड ५७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । कुल १२ समूहको कारोबार भएकामा ७ वटा समूहका सूचक उकालो लागेका छन् भने बाँकी समूह ओरालो लागेका छन् । यस दिन निर्जीवन बिमा समूह सबैभन्दा धेरै अंकले बढेको छ ।
यस दिन उन्नति सहकार्य लघुवित्त, अरुण काबेली, एनआरएन इन्फ्रास्टक्चरको मूल्य १०% ले बढेको छ ।
त्यस्तै अत्याधिक गुमाउनेमा पाँचथर पावर कम्पनि, हिमालयन पावर पार्टनर का लगानीकर्ता रहेका छन्। जसको मूल्य ६ प्रतिशत भन्दा बढीले घटेको छ।