काठमाडौँ । बुधबार नेप्से दोहोरो अंकले बढेको छ ।
नेप्से परिसूचक २५.५८ अंकको बढेर १ हजार ५१० दशमलव ५७ को विन्दुमा आएर आजको कारोबार बन्द भएको छ । यो दिन राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स ६.२५ अंकले बढेर ३०४.६० को विन्दुमा आएर कारोबार बन्द भएको छ । यस दिन १८६ कम्पनीको ९६ लाख ८६ हजार ९ कित्ता शेयरको किनबेच भई ४ अर्ब १८ करोड १० लाख ३६ हजार ११५ रुपैयाँ बराबरको कारोबार भएको छ । यस दिन ४५ हजार २७२ वटा कारोबार भएको छ ।
आज दिन निर्जिवन विमा समूह र जीवन विमा समूहबाहेक कारोबारमा आएका १० वटा समूहको शेयर मुल्य बढेको छ । यस दिन बैकिङ समूह १९.७८ अंक, व्यापार समूह १५.८४ समूह, विकास बैंक समूह २६.४५ अंक, जलविद्युत समूह ९०.२२ अंक, वित्त समूह ७.७५ अंक, उत्पादन समूह ३१.४२.७१ अंक, अन्य समूह ३७.११ अंक, लघुवित्त समूह १७.२८ अंक र म्यचुल फण्ड समूह ०.०८ अंकले बढेका छन् । तर निर्जिवन विमा समूह १२५.८९ अंक, जीवन विमा समूह ८८.६८ अंक ले घटेका छन् ।
यो दिन नेपाल पुनर्बीमा कम्पनीले उच्च कारोबार गर्यो । यो कम्पनीको मात्र ६७ करोड ४२ लाख ४२ हजार २५४ रुपैयाँ बराबरको कारोबार भयो । यसैगरी शिखर इन्स्योरेन्स कम्पनीको १७ करोड ७५ लाख २८ हजार ५०२ रुपैयाँ, नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको १६ करोड ५१ लाख ९४ हजार २०६ रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको १५ करोड ७५ लाख ५७ हजार ४५२ रुपैयाँ बराबरको कारोबार भएको छ ।
यस दिन कारोबारमा आएको अधिकांश जलविद्यूत कम्पनीको शेयर मूल्य सकारात्मक वृद्धि भएका छन् । अरुण भ्याली कम्पनी, राधि विद्यूत, जोशी हाइड्रोपावर, युनियन हाइड्रोपावर, ङादी ग्रुप, रिडि हाइड्रोपावर, पाँचथर पावर कम्पनी, अपि पावरको शेयर मूल्य १० प्रतिशतले बढेको छ ।
उता प्रभु इन्स्योरेन्सको ४.४१ प्रतिशत, प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको ४.०१ प्रतिशत, मल्टिप्रपोज फाइनान्स कम्पनीको ३.७० प्रतिशत, सगरमाथा इन्स्योरेन्सको ३.४६ प्रतिशतले शेयर मूल्यमा गिरावट आएका छन् ।
विशेष गरी वित्तीय प्रणालीमा अधिक तरलता हुनुलाई सेयर बजार क्रमशः माथितिर लाग्नुको प्रमुख कारण मानिएको छ । लगानीका अन्य क्षेत्र सीमित हुँदा सानादेखि ठूला सबैथरीका लगानीकर्ता यतिबेला सेयर बजारमा होमिएको अनुञमान छ । सेयर बजार वृद्धि हुनुको प्रमुख कारण बैंक ब्जाजदर सस्तो हुनु हो । ब्याजदर सस्तो भएपछि सेयर बजार माथि जाने गर्दछ ।