Logo

आइतवार, श्रावण २४ गते २०८३

images

यसरी भयो रिलायन्स लाइफ इन्सुरेन्सको आइपीओ बाँडफाँट

यसरी भयो रिलायन्स लाइफ इन्सुरेन्सको आइपीओ बाँडफाँट

दैनिकी न्यूज

१२, भाद्र २०७७
यसरी भयो रिलायन्स लाइफ इन्सुरेन्सको आइपीओ बाँडफाँट
images

काठमाडौं । शुक्रबार रिलायन्स लाइफ इन्सुरेन्सले आइपीओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक सानिमा क्यापिटलले फेसबुक लाइभ मार्फत बाँडफाँट गरेको हो । यसमा २० हजार ५०९ जना सेयर पाउनबाट बञ्चित भएका छन् । रीतपूर्वक आवेदन दिने अरुले १० कित्ताका दरले सेयर पाएका छन् ।

बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार यो आइपीओमा ५ लाख ८९ हजार ४६४ जनाले आवेदन दिएका छन् । जसमा १ हजार ९५५ जनाको आवेदन रद्द भएको छ । यसमा ५ लाख ६७ हजारले १० कित्ताका दरले सेयर पाएका छन्।

रिलायन्सले भदौ ४ गतेबाट ८ गतेसम्म १०० रुपैयाँ दरको ६३ लाख कित्ता आइपीओ बिक्री खुला गरेको थियो । जसमा बिक्रीमा ल्याएको कुल ६३ लाख कित्ता आइपीओमध्ये ५ प्रतिशत अर्थात ३ लाख १५ हजार सामूहिक लगानी कोषलाई र समान ५ प्रतिशत अर्थात ३ लाख १५ कित्ता कर्मचारीलाई छुट्याइएको थियो । बाँकी रहेको ५६ लाख ७० हजार कित्तामा मात्र सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था थियो ।

आइपीओ बिक्रीपछि यसको चुक्ता पुँजी २ अर्ब १० करोड रुपैयाँ पुग्नेछ ।

images
प्रकाशित मिति :भाद्र १२, २०७७ शुक्रवार - १५:५४:५७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology