काठमाडौं । शुकबार सुनचाँदीको भाउँ घटेको छ । शुक्रबार सुनको भाउ बिहीबारको तुलनामा तोलामा ७०० रुपैयाँले घटेर प्रति तोला ९६ हजार ९०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तर बिहीबार सुन प्रति तोला ९७ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, तेजावी सुनको प्रतितोलाको मूल्य ९६ हजार ४ सय रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । आज प्रति तोलामा चाँदी ५ रुपैयाँ घटेर १३४० रुपैयाँमा कारोबार भैरहेको छ । तर बिहीबार चाँदीको मूल्य प्रतितोला १३४५ मा कारोबार भएको थियो ।