Logo

आइतवार, श्रावण २४ गते २०८३

images

निषेधाज्ञामा पनि नेप्सेमा उछाल, यी हुन् सर्वाधिक कमाउने र गुमाउने कम्पनीहरु

निषेधाज्ञामा पनि नेप्सेमा उछाल, यी हुन् सर्वाधिक कमाउने र गुमाउने कम्पनीहरु

दैनिकी न्यूज

७, भाद्र २०७७
निषेधाज्ञामा पनि नेप्सेमा उछाल, यी हुन् सर्वाधिक कमाउने र गुमाउने कम्पनीहरु
images

काठमाडौं । आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) दोहोरो अंकले बढेको छ ।

नेप्से परिसूचक १२.७७ अंकको बढेर १ हजार ४१० दशमलव ३४ को विन्दुमा आएर आजको कारोबार बन्द भएको छ । यो दिन राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १.१९ अंकले बढेर २८९ दशमलव ५५ को विन्दुमा आएर कारोबार बन्द भएको छ । यस दिन १८४ कम्पनीको २४ लाख ९८ हजार ६६२ कित्ता शेयरको किनबेच भई १ अर्ब १० करोड ८० लाख ५३ हजार ५९७ रुपैयाँ बराबरको कारोबार भएको छ । यस दिन १६ हजार ५७९ वटा कारोबार भएको छ ।

आज दिन व्यापार, जलविद्यूत र म्युचल फण्ड बाहेक कारोबारमा आएका ९ वटा समूहको शेयर मुल्य बढेको छ । यस दिन बैकिङ समूह ४.८ अंक, होटल्स समूह २३.९४ अंक, विकास बैंक समूह ७.९३ अंक, वित्त समूह ६.०३ अंक, निर्जिवन विमा समूह २३३.२२ अंक, उत्पादन समूह ८८.२३ अंक, अन्य समूह ४.१४ अंक, लघुवित्त समूह २३.६१ अंक, जीवन विमा समूह १७३.८४ अंकले बढेको छ । उता व्यापार समूह २.५६ अंक, जलविद्यूत समूह १.३८ अंक र म्युचल फण्ड समुह ०.०३ अंकले घटेको छ ।

यो दिन नेको इन्स्योरेन्सले उच्च कारोबार गर्यो । यो कम्पनीको मात्र १३ करोड ७२ लाख ४ हजार ५०७ रुपैया बराबरको कारोबार भयो । यसैगरी शिभम सिमेन्टको ६ करोड ६१ लाख ८८ हजार ६१९ रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको ५ करोड ३९ लाख ६ हजार ३२६ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज समृद्धि फाइनान्स कम्पनीका सेयरधनीहरुले उच्च कमाए । यस कम्पनीको शेयर मूल्य ९.७७ प्रतिशतले बढेर पोजिटिभ सर्किट लाग्यो । नेको इन्स्योरेन्सको ७.२४ प्रतिशत, तारागाउँ रिजेन्सी होटल्सको ६.५० प्रतिशतले शेयर मूल्य बढ्यो ।

यो दिन पन्यकन्या माई हाइड्रोपावरका सेयरधनीहरुले धेरै गुमाए । यो कम्पनीको सेयरमूल्यमा ३.७० प्रतिशतले गिरावट आयो । त्यस्तै युनियन हाइड्रोपावरको ३.२८ प्रतिशत, साधना लघुवित्तको ३.७२ प्रतिशतले गिरावट आयो ।

 

images
प्रकाशित मिति :भाद्र ७, २०७७ आइतवार - १५:१८:५५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology