बारा । महागढीमाई नगरपालिका-७ बेनौलीस्थित सडकबाट शनिबार बिहान प्रहरी चौकी तेलकुवाको प्रहरीले नगद १६ लाख रुपैयाँ बरामद गरेको छ ।
पश्चिम बेनौली चोकतर्फबाट आएको मोटरसाइकललाई प्रहरीले जाँच गर्ने क्रममा चालकले आफ्नो साथमा बोकेको झोला फालेर फरार भएपछि झोलामा राखेको अवस्थामा १ हजार दरको ७ सय ६२ थान र ५ सय दरको १ हजार ६ सय ७६ थान गरी जम्मा १६ लाख रुपैयाँ फेला परेको हो ।
फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी गौतम मिश्रले बताए ।