Logo

सोमवार, श्रावण २५ गते २०८३

images

कोरोनाको कारण मृत्यु हुनेको संख्या ह्वात्तै बढ्न थाल्यो, शनिबार वीरगञ्जमा २ को मृत्यु

कोरोनाको कारण मृत्यु हुनेको संख्या ह्वात्तै बढ्न थाल्यो, शनिबार वीरगञ्जमा २ को मृत्यु

दैनिकी न्यूज

६, भाद्र २०७७
कोरोनाको कारण मृत्यु हुनेको संख्या ह्वात्तै बढ्न थाल्यो, शनिबार वीरगञ्जमा २ को मृत्यु
images

पर्सा । नेपालमा कोरोना, कोभिड संक्रमणको कारण मृत्यु हुनेको संख्या ह्वात्तै बृद्धि भएको छ ।
शुक्रबार एकैदिन ११ जनाको ज्यान लिएको कारोनाको कारण शनिबार पर्सामा २ जनाको मृत्यु गराएको छ । वीरगञ्ज महानगरपालिकामा पर्ने सुगौली विर्ता घर भएका ५८ वर्षीय पुरुष र बहदुरमाई नगरपालिकाका ६१ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो।

उनीहरुको वीरगन्ज हेल्थ केयर कोरोना अस्पतालमा उपचारका क्रममा मृत्यु भएको नारायणी अस्पतालका डा.उदयनारायण सिंहले जानकारी दिए। उनीहरु दुबैलाई कोरोना कहाँबाट सरेको हो भन्ने खुल्न सकेको छैन ।

५८ वर्षीय पुरुषको गएराति र ६१ वर्षीय पुरुषको शनिबार बिहान सवा सात बजे मृत्यु भएको हो। मुटु, दम र उच्च रक्तचापका बिरामी रहेका ती पुरुषको स्वास्थ्य अवस्था बिग्रिएपछि साउन ३१ मा आफन्तले वीरगन्जको अली अर्थो ट्रमा सेन्टरमा भर्ना गरिएको थियो । पीसीआर परीक्षणमा कोरोना पोजिटिभ देखिएपछि उनलाई भदौ ४ गते कोरोना अस्पतालमा भर्ना गरिएको थियो । योसँगै वीरगञ्जमा कोरोना संक्रमणबाट कारण मृत्यु हुनेको संख्या ३६ पुगेको छ।

images
प्रकाशित मिति :भाद्र ६, २०७७ शनिवार - ११:०३:०४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology