काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक झिनो अंकले सुधार भएको छ ।
नेप्से परिसूचक ५.६८ अंकको बढेर १ हजार ४०७ दशमल ८९ को विन्दुमा आएर आजको कारोबार बन्द भएको छ । यो दिन राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स ०.२३ अंकको गिरावटका साथ २८९ दशमलव ७७ को विन्दुमा आएर कारोबार बन्द भएको छ ।
आज नेप्से उपसमूहमा रहेका १२ समूहमध्ये ७ वटा समूहको शेयर मूल्य बढ्यो बाँकी ५ वटा समूहको शेयर मूल्यमा गिरावट आयो । यो दिन व्यापार समूहमा १०.५६ अंक, जलविद्युत् समूहमा १.६६ अंक, निर्जीवन बीमा समूहमा ५०.८६ अंक, उत्पादन तथा प्रशोधन समूहमा ४४.४ अंक, अन्य समूहमा १३.४७ अंक, लघुवित्त समूहमा १७.४२ अंक र जीवन बीमा समूहमा ५४.०६ अंकले बढ्यो । उता बैंकिङ समूहमा ०.४७ अंक, होटेल्स् समूहमा ९.४८ अंक, विकास बैंक समूहमा १.५३ अंक, वित्त समूहमा ०.५४ अंक र म्युचुअल फन्ड समूहमा ०.०३ अंकको गिरावट आयो ।
आज नेप्सेमा सूचीकृतमध्ये १८९ कम्पनीका ४१ लाख १४ हजार ५१२ कित्ता सेयर १ अर्ब २३ करोड ९० लाख १७ हजार ४२६ रुपैयाँको कारोबार भएको छ। यो दिन नागरिक लगानी कोषले उच्च कारोबार गर्यो। यो कम्पनीको मात्र १६ करोड ५८ लाख रुपैयाँ बढीको कारोबार भयो। यसैगरी नेको इन्स्योरेन्सको ६ करोड ६० लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको ६ करोड १३ लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको ५ करोड ५६ लाख रुपैयाँ, ग्लोबल आईएमई बैंकको ४ करोड ६० लाख रुपैयाँ, सेन्चुरी कमर्सियल बैंकको संस्थाप सेयरको ३ करोड ८ लाख रुपैयाँ, प्राइम कमर्सियल बैंकको २ करोड १३ लाख रुपैयाँ, नेपाल बैंकको २ करोड ९ लाख रुपैयाँ, शिखर इन्स्योरेन्सको २ करोड ८ लाख रुपैयाँ र ग्लोबल आईएमई बैंकको संस्थापक सेयरको २ करोड ८ लाख रुपैयाँबराबरको कारोबार भएको छ।
आज नागरिक लगानी कोष, साधना लघुवित्त, पञ्चकन्या माई हाइड्रोपावर र युनियन हाइड्रोपावरका सेयरधनीहरुले उच्च कमाए । नागरिक लगानी कोष, साधना लघुवित्त र पञ्चकन्या माई हाइड्रोपावरको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट नै लाग्यो भने युनियन हाइड्रोपावरको सेयरमूल्यमा पनि ९ प्रतिशत बढीले बढ्यो ।
यो दिन घलेम्दी हाइड्रोका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरमूल्यमा ७ प्रतिशतको हाराहारीमा गिरावट आयो।