Logo

सोमवार, श्रावण २५ गते २०८३

images

एक करोडभन्दा बढी रकम हिनामिनाको अभियोगमा प्रहरी सहायक निरीक्षक कार्की पक्राउ

एक करोडभन्दा बढी रकम हिनामिनाको अभियोगमा प्रहरी सहायक निरीक्षक कार्की पक्राउ

दैनिकी न्यूज

३०, श्रावण २०७७
एक करोडभन्दा बढी रकम हिनामिनाको अभियोगमा प्रहरी सहायक निरीक्षक कार्की पक्राउ
images

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी कल्याण कोष पेट्रोल पम्प नक्सालमा कार्यरत प्रहरी सहायक निरीक्षक दिलीप कार्कीलाई पक्राउ गरेको छ । कार्कीले सो पेट्रोल पम्पमा रहँदा आर्थिक वर्ष २०७४–७५ र आव २०७५–७६ मा एक करोड आठ लाख ९९ हजार १८४ रकम हिनामिना गरेको अभियोग लागेको छ ।

प्रहरी प्रधान कार्यालय, नक्सालको पत्रसहित बिहीबार आयोगमा जानकारी आएकाले कार्कीलाई पक्राउ गरिएको हो । आयोगका प्रवक्ता तारानाथ अधिकारीले आरोपी कार्कीको अनुसन्धान भइरहेको बताए । रासस

images
प्रकाशित मिति :श्रावण ३०, २०७७ शुक्रवार - २१:२१:०३ बजे

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology