काठमाण्डौ । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६.६१ अंकले बढेको छ ।
नेप्से परिसूचक ६.६१ अंकले घटेर सूचक १ हजार ४२३.८१ को विन्दुमा आएर आजको कारोबार बन्द भएको छ । त्यस्तै त्यस्तै गरी ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक पनि १.३८ अंकले बढेर २९७.२७ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । आज नेप्सेमा सूचीकृतमध्ये १९० कम्पनीका ३६ लाख ३० हजार ८४५ कित्ता सेयर १ अर्ब २७ करोड १७ लाख ३८ हजार ९१४ रुपैयाँ बराबरको कारोबार भयो । यस दिन २५ हजार ७७१ वटा कारोबार भएका छन् ।
आज कारोबारमा आएका १२ वटा समूहमध्ये म्युचल फण्ड बाहेक अन्य समूहको शेयर घटेको छ । बैकिङ समूह ६.५४ अंक, व्यापार समूह १९.२७ अंक, होटल्स समूह ४३.२३ अंक, विकास बैंक ९.४२ अंक, जलविद्यूत समूह १.०४ अंक, वित्त समूह ०.६ अंक, निर्जिवन विमा समूह ३.२१ अंक, उत्पादन समूह १६.९९ अंक, अन्य समूह ०.५७ अंक, लघुवित्त समूह २१.५८ अंक, जीवन बीमा समूह २३.१४ अंकले घट्यो । म्युचल फण्ड समूह ०.०२ अंकले बढ्यो ।
आज नेपाल पुनर्बीमा कम्पनीले उच्च कारोबार गर्यो । यो कम्पनीको मात्र ४ करोड १ लाख ५५ हजार ८७ रुपैयाँ बराबरको कारोबार भयो । यसैगरी अजोड इन्स्योरेन्सको २ करोड ४६ लाख ७० हजार ९७८ रुपैयाँ, एनआईसी एसिया बैंकको १ करोड ६६ लाख ८४ हजार ८०४ रुपैयाँ, एनएमबी बैंकको १ करोड ६१ लाख ७ हजार ६२४ रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको १ करोड ५२ लाख ४७ हजार २०८ रुपैयाँ बराबरको कारोबार भयो ।
आज २ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लाग्यो । अजोड इन्स्योरेन्सको ९.९४ प्रतिशत र साधना लघुवित्तको ९.८१ अंकले बढ्यो ।

उता आज नेपाल फाइन्सको शेयर मूल्यमा सर्वाधिक गिरावट आएको छ । जसको शेयर मूल्य ९.८० प्रतिशतले घट्यो । त्यस्तै कालिका माइक्रोक्रेििडटको ५.४६ प्रतिशत, गुराँस लघुवित्तको ५.४५ प्रतिशतले घट्यो ।
