काठमाडौं । सोमबार नेपाल बंगलादेश बैंकको बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ। नेप्सेका अनुसार बैंकको ४० लाख ७५ हजार १५१ कित्ता बोनस शेयर सूचीकृत भएको हो।
बैंकले आर्थिक वर्ष २०७५–७६ को नाफाबाट प्रस्ताव गरेको ५ प्रतिशत बोनस र ७ प्रतिशत नगद लाभांश गरी कूल १२ प्रतिशत लाभांश पुस ७ गते सम्पन्न २५ औं वार्षिक साधारण सभाबाट अनुमोदन भएको थियो।
बोनस वितरणपछि बैंकको चुक्ता पूँजी ८ अर्ब ४९ करोड २७ लाख १४ हजार १८७ रुपैयाँ पुगेको छ।
बैंकको शेयर रजिष्ट्रार नेपाल बंगलादेश क्यापिटल लिमिटेड रहेको छ।
साधारण सभाका लागि बैंकले मंसिर २६ गतेदेखि बुकक्लोज गरेकाले मंसिर २५ गतेसम्म कायम भएका शेयरधनीहरुले मात्र बैंकको लाभांश पाउनेछन्।