Logo

शनिवार, आश्विन २४ गते २०८३

images

नेप्से दोहोरो अंकले बड्यो, यी हुन् सर्वाधिक कमाउने र गुमाउने कम्पनीहरु

नेप्से दोहोरो अंकले बड्यो, यी हुन् सर्वाधिक कमाउने र गुमाउने कम्पनीहरु

दैनिकी न्यूज

२५, श्रावण २०७७
नेप्से दोहोरो अंकले बड्यो, यी हुन् सर्वाधिक कमाउने र गुमाउने कम्पनीहरु
images

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आइतबार दोहोरो अंकले बढेको छ । आज नेप्से ११ दशमलव ३० अंकले बढेर १ हजार ३९२ दशमलव ६८ विन्दुमा कायम भएको हो ।

नेप्सेका अनुसार आज ९१ करोड १६ लाख ४० हजार बढीको कारोबार भएको छ । आज नेप्सेमा होटलबाहेक अन्य सबै समूहमा हरियाली छाएको छ । सबैभन्दा बढी जीवन बीमा १२९ र निर्जीवन बीमा १०३ अंकले उकालो लागेका छन् । होटल समूह भने २७ अंकले घटेको छ ।

आज नेप्सेमा एक सय ८७ कम्पनीको ३० लाख ३० हजार कित्ता शेयर किनबेच भएको छ । जसमध्ये सबैभन्दा बढी अजोड इन्स्योरेन्सको कारोबार भएको छ । कम्पनीको कूल ९ करोड २० लाख कित्ता शेयर किनबेच भएको हो ।

आइतबारको बजारमा हालै नेप्सेमा सूचीकृत भएका दुई नयाँ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । अजोड इन्स्योरेन्स र साधना लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य क्रमशः ९.८८ र ९.८२ प्रतिशतले बढेर सर्किट लागेको हो । त्यस्तै, नेपाल बैंकको शेयर मूल्य ६.४८ प्रतिशतले बढेको छ ।

त्यसैगरी, यस दिन गणपति माइक्रोफाइनान्स, आरम्भ चौतारी लघुवित्त, यूनियन हाइड्रोपावर र हिमालयन पावर पार्टनरको शेयरमूल्य ३ प्रतिशतभन्दा बढीले घटेको छ।

images
प्रकाशित मिति :श्रावण २५, २०७७ आइतवार - १६:०४:३६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology