काठमाडौँ। केहि दिन देखि लगातार नया रेकर्ड राखिरहेको सुनको मूल्य आज आइतबार भने घटेको छ।
आइतबार सुनको मूल्य शुक्रबारको तुलनामा ९ सय रुपैयाले घटेको छ। नेपाल सुन चांदी ब्यबसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रति तोला १ लाख २ हजार ६ सय रहेको छ। गत सुक्रबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ५ सय रहेको थियो।
त्यस्तै आज तेजाबी सुनको मूल्य प्रति तोला १ लाख २ हजार १ सय रहेको छ।
सुनको मुल्यमा गिरावट आएपनि आइतबार चाँदीको मूल्य भने बढेको छ। आइतबार चांदी प्रतितोला १ हजार ४ सय १० रुपैयामा कारोबार भैरहेको नेपाल सुनचांदी ब्यबसायी महासंघले जनाएको छ। गत सुक्रबार चांदी प्रतितोला १ हजार ४ सय ५ रुपैयामा कारोबार भएको थियो।
