काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाले आजदेखि हकप्रद शेयर निष्काशन गरेको छ ।
लघुवित्तले चुक्ता पूँजीको १ बराबर १ कित्ता अनुपातमा हकप्रद निष्काशन गर्न लागेको हो। यसअनुसार लघुवित्तले एक सय रुपैयाँ अंकित दरले ११ करोड ४१ लाख १४ हजार रुपैयाँ बराबरको ११ लाख ४१ हजार १४० कित्ता हकप्रद जारी गर्नेछ।
हकप्रद निष्काशनका लागि लघुवित्तले असार १५ गते शेयर बुकक्लोज गरेको थियो। यसअनुसार असार १४ गते आइतबारसम्म कायम यस लघुवित्तका शेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन्।
लघुवित्तले नेपाल धितोपत्र बोर्डबाट फागुन १४ गते हकप्रद बिक्रीको अनुमति पाएको थियो।
हाल ११ करोड ४१ लाख १४ हजार रुपैयाँ रहेको लघुवित्तको चुक्ता पूँजी हकप्रद निष्काशनपछि २२ करोड ८२ लाख २८ हजार रुपैयाँ पुग्नेछ।
लघुवित्तको हकप्रद शेयरको बिक्री प्रबन्धकमा सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेड रहेको छ। हकप्रदमा सेञ्चुरी क्यापिटल, सिभिल लघुवित्तका सम्पूर्ण शाखा कार्यालय, सेञ्चुरी कमर्सियल बैंकका विराटनगर, पोखरा, नेपालगंज, विरगंज, नारायणघाट, बुटवल, धनगढी र सुर्खेत शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। यसका साथै धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका अलवा मेरोशेयर सफ्टवेयर मार्फत भदौ १४ गतेसम्म आवेदन दिन पाउनेछन्।