Logo

शनिवार, आश्विन २४ गते २०८३

images

शुक्रबार पनि ह्वात्तै बढ्यो सुनचाँदीको मूल्य

शुक्रबार पनि ह्वात्तै बढ्यो सुनचाँदीको मूल्य

दैनिकी न्यूज

२३, श्रावण २०७७
शुक्रबार पनि ह्वात्तै बढ्यो सुनचाँदीको मूल्य
images

काठमाडौं । पछिल्लो समय दिनदिनै नयाँ रेकर्ड कायम गरिरहेको सुनको मूल्य शुक्रबार पनि बढेको छ।  बिहीबार एक लाख नाघेको  छापावाल सुनको मूल्य आज शुक्रबार तोलामा  १ हजार रुपैयाँले बढेर १ लाख ३ हजार ५०० रुपैयाँ पुगेको छ ।

 

 यसैगरी यसदिन तेजाबी सुन प्रतितोला १ लाख ३  हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बिहीबार तोलामा ५० रुपैयाँले बढेको चांदी शुक्रबार पनि तोलामा ५० रुपैयाले बढेर १ हजार २४५ रुपैयाँ पुगेको छ ।

कोरोना भाइरसको महामारी व्यापक रुपमा बढ्दै गएसँगै लगानीकर्ताहरु सुरक्षित लगानीका रुपमा सुनतर्फ आकर्षित हुदाँ सुनको मूल्य दिनप्रतिदिन नयाँ उचाईमा पुग्न थालेको हो।

images
प्रकाशित मिति :श्रावण २३, २०७७ शुक्रवार - ११:०६:३५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology