Logo

शनिवार, आश्विन २४ गते २०८३

images

बन्दाबन्दीमा एक चौथाइले गुमाए रोजगारी, बेरोजगार दर भयावह हुने

बन्दाबन्दीमा एक चौथाइले गुमाए रोजगारी, बेरोजगार दर भयावह हुने

दैनिकी न्यूज

२२, श्रावण २०७७
बन्दाबन्दीमा एक चौथाइले गुमाए रोजगारी, बेरोजगार दर भयावह हुने
images

काठमाडौं । नेपाल राष्ट्र बैंकले कोभिड–१९ ले अर्थतन्त्रका विभिन्न क्षेत्रमा पारेको प्रभाव आँकलन गर्ने तथा बन्दाबन्दी पश्चात उद्योगरव्यवसाय सञ्चालनको परिदृश्य सम्बन्धी सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरेको छ । राष्ट्रिय आर्थिक गणनामा समेटिएका १८ उद्योग÷व्यवसाय मध्ये वित्तीय तथा बीमा सम्बन्धी क्रियाकलाप बाहेककालाई १३ क्षेत्रमा एकत्रित गरी सर्वेक्षणमा समावेश गरिएको केन्द्रीय बैंकले जनाएको छ । गत जेठ २६ देखि असार १० गतेसम्म गरिएको सर्वेक्षणमा ५२ जिल्लाका ६७४ उद्योगीरव्यवसायीको सहभागिता थियो ।

केन्द्रीय बैंकको अनुसन्धान विभागले गरेको सो सर्वेक्षणमा प्रदेश १ बाट सर्वाधिक २७.९, बाग्मती प्रदेशबाट २३.३, प्रदेश ५ बाट २०, गण्डकी प्रदेशबाट १२.८, सुदूरपश्चिम प्रदेशबाट ७.७, प्रदेश २ बाट ७।१ र कर्णाली प्रदेशबाट १।२ प्रतिशत नमूना सङ्कलन गरिएको थियो ।

सर्वेक्षणमा बन्दाबन्दी अवधिमा विभिन्न क्षेत्रका उद्योग/व्यवसायको उत्पादनरकारोबारमा आएको कमी, रोजगारी कटौती, बन्दाबन्दीपछिको योजना लगायत विषयसँग सम्बन्धित तथ्याङ्क समावेश गरिएको छ । बन्दाबन्दी अवधिमा सर्वेक्षणमा संलग्न ३९ प्रतिशत उद्योग÷व्यवसाय पूर्ण वा आंशिक रुपमा सञ्चालनमा रहेका र ६१ प्रतिशत उद्योग÷व्यवसाय पूर्णरुपमा बन्द रहेको पाइएको छ ।

सर्वेक्षणमा संलग्न उद्योग÷व्यवसायले झण्डै एक चौथाइ कर्मचारी/कामदार कटौती गर्नुका साथै सोही अवधिमा औसतमा १८.२ प्रतिशतले तलब कटौती गरेको पाइएको छ । बन्दाबन्दीको अवधिमा ९६.७ प्रतिशत उद्योग/व्यवसायको उत्पादन ७३.८० प्रतिशतले घटेको छ । सर्वेक्षणमा सहभागी उद्योगी÷व्यवसायीले व्याजदरमा सहुलियत, लचिलो किस्ता (ब्याज र साँवा) भुक्तानी सुविधा, आयकरमा सहुलियत, चालु पूँजीका निम्ति थप ऋण सुविधा र ऋणको भाका सार्ने सुविधा माग गरेका प्रतिवेदनमा समेटिएको छ । रासस

images
प्रकाशित मिति :श्रावण २२, २०७७ बिहिवार - ०७:३५:२८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology