काठमाडौं। साधना लघुवित्तको आइपीओ नेप्सेमा सूचीकृत भएको छ । लघुवित्तको २१ लाख ७७ हजार ८ सय कित्ता सेयर सूचीकृत भए संगै अब बिहिबारबाट नेप्सेमा यस लघुवित्तको सेयर कारोबार सुरु हुनेछ ।
साधना लघुबित्तलाइ कारोबारका लागि ‘एसडीएलबीएसएल’ संकेत दिइएको छ । त्यस्तै नेप्सेले साधनाको पहिलो कारोबारका लागि ओपनिङ रेन्ज प्रतिकित्ता न्यूनतम १३० रुपैयाँ १२ पैसा देखि अधिकतम ३९० रुपैयाँ ३६ पैसा तोकेको छ ।
कम्पनीले गत असार २१ गतेदेखि २४ गतेसम्म ६ लाख ६१ हजार ५२० कित्ता आइपीओ खुला गरेको थियो । उक्त आइपीओमा ६६ हजार १५२ जनाले १० कित्ताका दरले पाएका थिए । आइपीओ बाँडफाडपछि कम्पनीको चुक्ता पुँजी २१ करोड ७७ लाख रुपैयाँ पुगेको छ ।