Logo

शनिवार, आश्विन २४ गते २०८३

images

नेप्सेमा दोहोरो अंकको गिरावट, यी हुन् सर्वाधिक कमाउने र गुमाउने कम्पनी

नेप्सेमा दोहोरो अंकको गिरावट, यी हुन् सर्वाधिक कमाउने र गुमाउने कम्पनी

दैनिकी न्यूज

२१, श्रावण २०७७
नेप्सेमा दोहोरो अंकको गिरावट, यी हुन् सर्वाधिक कमाउने र गुमाउने कम्पनी
images

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज दोहोरो अंकले गिरावट आएको छ।

नेप्से परिसूचक २१.६१ अंकको गिरावट आएर सूचिक १ हजार ३८२.२५ को विन्दुमा आएर आजको कारोबार बन्द भएको छ । त्यस्तै त्यस्तै गरी ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक पनि १.६१ अंकले घटेर ९६.७३ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । आज नेप्सेमा सूचीकृतमध्ये १८६ कम्पनीका ३४ लाख ४७ हजार ७६५ कित्ता सेयर १ अर्ब २३ करोड ३९ लाख ६३ हजार ९३४ रुपैयाँमा कारोबार भयो।

नियमित समय भन्दा ४५ मिनेट ढिलो खुलेको बजारमा शेयर लगानीकर्ताले प्रयोग गर्ने अनलाइन टीएमस र नेप्सेको वेबसाइटमा देखिने सूचकमा फरक भएपछि लगानीकर्ता सहि सूचना पाउनबाट बञ्चित भएका थिए ।

आज नेपाल पुनर्बीमा कम्पनीले उच्च कारोबार गर्यो। यो कम्पनीको मात्र १३ करोड ६१ लाख रुपैयाँबराबरको कारोबार भयो। यसैगरी नेपाल लाइफ इन्स्योरेन्सको ९ करोड ९८ लाख रुपैयाँ, एनएमबी बैंकको ७ करोड १९ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको ४ करोड ८८ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ४ करोड १६ लाख रुपैयाँ, नबिल बैंकको ४ करोड रुपैयाँ, शिखर इन्स्योरेन्सको ३ करोड २० लाख रुपैयाँ, नेपाल इन्भेस्टमेन्ट बैंकको २ करोड ६९ लाख रुपैयाँ, मेगा बैंकको २ करोड ६१ लाख रुपैयाँ र एनआईसी एसिया लघुवित्तको २ करोड ५६ लाख रुपैयाँ बढीको कारोबार भयो।

आज तीन कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लाग्यो। अजोड इन्स्योरेन्स, आरम्भ चौतारी लुघवित्त र नेपाल फाइनान्सको सेयरमूल्य १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको हो।

यो दिन दुई कम्पनीको सेयरमूल्यमा नेगेटिभ सर्किट लाग्यो। आखुँखोला जलविद्युत् र घलेम्दी हाइड्रोको सेयरमूल्य १० प्रतिशतको हाराहारीमा घटेर नेगेटिभ सर्किट लागेको हो।

images
प्रकाशित मिति :श्रावण २१, २०७७ बुधवार - १६:४१:२६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology