काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बुधबार सोल्टी होटेलको शेयर सुचिकृत भएको छ । बुधबार कम्पनीको १ करोड ९ लाख ९० हजार ४ सय ३६ कित्ता सुचिकृत भएको हो ।
कम्पनीले आर्थिक बर्ष २०७५–७६ को मुनाफाबाट १५ प्रतिशत बोनस शेयर वितरण गरेको थियो । सोहि शेयर आज नेप्सेमा सुचिकृत भएको हो ।
शेयर सुचिकृत भएसँगै लगानीकर्ताले आफ्नी डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् ।