Logo

शनिवार, आश्विन २४ गते २०८३

images

दुइदिनमा कति आवेदन पर्‍यो इन्फ्रास्टक्चरको आईपीओमा ?

दुइदिनमा कति आवेदन पर्‍यो इन्फ्रास्टक्चरको आईपीओमा ?

दैनिकी न्यूज

१८, श्रावण २०७७
दुइदिनमा कति आवेदन पर्‍यो इन्फ्रास्टक्चरको आईपीओमा ?
images

काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको आईपीओमा दुई दिनमै दुई गुणा बढी आवेदन परेको छ । बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार आइतबार साँझ ५ बजे सम्ममा करीव २ लाख आवेदकबाट सो बराबरको आवेदन परेको हो ।

शुक्रबारदेखि बिक्रीमा ल्याएको आइपीओमा एक लाख ९० हजार ७५ जना आवेदकबाट ७५ करोड ३२ लाख ४८० हजार रुपैयाँ बराबरको ७५ लाख ३२ हजार ४८० कित्ता शेयर खरिदको लागि आवेदन परेको छ । यो सर्वसाधारणलाई निष्काशन गरेको ३१ लाख ६० हजार १८३ कित्ताको २।३८ गुणा बढी हुन आउछ ।

कम्पनीले शुक्रबारदेखि प्रतिकित्ता १०० अंकित दरका कुल ३३ लाख ९८ हजार ४६ कित्ता साधारण शेयर निष्काशन गरेको हो ।

images
प्रकाशित मिति :श्रावण १८, २०७७ आइतवार - २१:०९:४७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology