Logo

शनिवार, आश्विन २४ गते २०८३

images

रिलायन्स लाइफले आईपीओ निष्काशन गर्न पायो अनुमति

रिलायन्स लाइफले आईपीओ निष्काशन गर्न पायो अनुमति

दैनिकी न्यूज

१६, श्रावण २०७७
रिलायन्स लाइफले आईपीओ निष्काशन गर्न पायो अनुमति
images

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले सर्वसाधारणको लागि आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ। कम्पनीले जारी पूँजीको ३० प्रतिशत आइपीओ जारी गर्न आज अनुमति पाएको हो।

कम्पनीले एक सय रुपैयाँ अंकित दरमा ६३ लाख कित्ता अर्थात ६३ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको हो। इन्स्योरेन्सको अधिकृत पूँजी ३ अर्ब र जारी पूँजी २ अर्ब १० करोड रूपैयाँ छ।

इन्स्योरेन्सको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ।

images
प्रकाशित मिति :श्रावण १६, २०७७ शुक्रवार - १६:२४:०८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology