Logo

शनिवार, आश्विन २४ गते २०८३

images

आजदेखि एनआरएन इन्फ्रस्टक्चर एण्ड डेभलपमेन्टको आईपीओ निष्काशन

आजदेखि एनआरएन इन्फ्रस्टक्चर एण्ड डेभलपमेन्टको आईपीओ निष्काशन

दैनिकी न्यूज

१६, श्रावण २०७७
आजदेखि एनआरएन इन्फ्रस्टक्चर एण्ड डेभलपमेन्टको आईपीओ निष्काशन
images

काठमाडौं । आजदेखि एनआरएन इन्फ्रस्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको आईपीओ निष्काशन गरेको छ । कम्पनीले हाल कायम जारी पूँजी १ अर्ब १३ करोड २६ लाख रुपैयाँको ३० प्रतिशत अर्थात ३३ करोड ९८ लाख ४६ हजार रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले साउन १६ गतेदेखि प्रतिकित्ता एकसय अंकित दरका ३३ लाख ९८ हजार ४६ कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो । कम्पनीले निष्काशन गर्न लागेको ३३ लाख ९८ हजार ४६ कित्तामध्ये ५ प्रतिशत अर्थात १ लाख ६९ हजार ९०२ कित्ता साधारण शेयर सामूहिक लगानी कोषको लागि बाँडफाँट गरिएको छ भने २ प्रतिशत अर्थात ६७ हजार ९६१ किता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ। सर्वसाधारणले बाँकी ३१ लाख ६० हजार १८३ कित्ताका लागि आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ३१ लाख ६० हजार १८० कित्तासम्म खरिद आवेदन दिन सक्नेछन्। आईपीओ निष्कासन बन्द छिटोमा साउन २१ गते र ढिलोमा भदौ ३ गते हुनेछ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले ‘मेरो सेयर’ बाट आवेदन दिन सक्नेछन्। यसका साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेको सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिने कम्पनीले जनाएको छ।

हाल कम्पनीको चुक्तापूँजी रू. ७९ करोड २८ लाख ७७ हजार ५०० रहेको छ । आईपीओ विक्री पश्चात कम्पनीको चुक्तापूँजी रू. १ अर्ब १३ करोड २६ लाख ८२ हजार १०० पुग्नेछ ।

images
प्रकाशित मिति :श्रावण १६, २०७७ शुक्रवार - ०५:४५:३३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology