काठमाण्डौ । साताको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ७.५३ अंकले बढेर १ हजार ४३९.०६ को विन्दुमा आएरका कारोबार बन्द भएको छ । त्यस्तै त्यस्तै गरी ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक पनि ०.४६ अंकले बढेर ३००.९५ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । आज नेप्सेमा सूचीकृतमध्ये १८९ कम्पनीका ३४ लाख ३० हजार ५३२ कित्ता सेयर १ अर्ब ३२ करोड २ लाख ६६ हजार ६७८ रुपैयाँमा कारोबार भएको छ।
नेप्से परिसूचक केही दिनदेखि ओरालो यात्रामा रहेकोमा आज अधिकांश कम्पनीहरुको सेयरमूल्यमा अत्याधिक खरिदचाप बढेका कारण उकालो लागेको हो।
नेपाल धितोपत्र बोर्डबाट सीआईटीको सहायक कम्पनीलाई स्टक डिलरको अनुमति दिने काम अन्तिम चरणमा पुगेसँगै त्यसको प्रभाव बजारमा सकारात्मक परेको देखिन्छ।
आज नेप्से उपसमूहमा रहेका १२ वटै समूहमा हरियाली छाएको छ। आज जीवन बीमा समूह ५५.४९ अंक, निर्जीवन बीमा समूह ५०.४६ अंक, बैंकिङ समूह ५.०३ अंक, व्यापार समूह ३.७ अंक, होटेल्स समूह १३.८८ अंक, विकास बैंक समूह ०.९२ अंक, वित्त समूह ५.९५ अंक, उत्पादन तथा प्रशोधन समूह २७.१८ अंक, अन्य समूह ४.७ अंक, लघुवित्त समूह १५.०२ अंक र म्युचुअल फन्ड समूह ०.०७ अंकले बढेको छ ।
आज नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा धेरै २२ करोड ९१ लाख रुपैयाँ बढीको कारोबार भएको छ ।
यो दिन नेपाल लाइफ इन्स्योरेन्सको ८ करोड ९५ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको ५ करोड ९ लाख रुपैयाँ, शिखर इन्स्योरेन्सको ४ करोड ९७ लाख रुपैयाँ, एनआईसी एसिया लघुवित्तको ३ करोड ५६ लाख रुपैयाँ, नबिल बैंकको ३ करोड ४९ लाख रुपैयाँ, छिमेक लघुवित्तको ३ करोड ३२ लाख रुपैयाँ, नेको इन्स्योरेन्सको २ करोड ९९ लाख रुपैयाँ र एनसीसी बैंकको २ करोड ६६ लाख रुपैयाँ बढीको कारोबार भएका छन् ।
आज हाइड्रोपावरका लगानीकर्ताले धेरै कमाउन सफल भए। यो दिन धेरै कमाउने १० कम्पनीहरुको सूचीमा ९ वटा त हाइड्रोपावर कम्पनीहरु नै पर्न सफल भएका छन्। आज सातवटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। खानीखोला लघुवित्तको सेयरमूल्य १० प्रतिशतले बढेको छ भने आरम्भ चौतारी लघुवित्त, पञ्चकन्या माई हाइड्रोपावर, नेसनल हाइड्रोपावर कम्पनी, हिमालयन ऊर्जा विकास कम्पनी, राइराङ हाइड्रोपावर र आँखुखोला जलविद्युत्को सेयरमूल्यमा झन्डै १० प्रतिशतको हाराहारीमा वृद्धि भएको छ।
यसैगरी युनियन हाइड्रोपावर र जोशी हाइड्रोपावरको सेयरमूल्य पनि ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। घलेम्दी हाइड्रोको सेयरमूल्य पनि ९ प्रतिशतको हाराहारीमा वृद्धि भएको छ।
यो दिन घोडाघोडी लघुवित्तका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा गिरावट आएर नेगेटिभ सर्किट लग्यो।