Logo

शनिवार, आश्विन २४ गते २०८३

images

नेप्से ७.५९ अंकले गिरावट, यी हुन सर्वाधिक कमाउने र गुमाउने कम्पनी

नेप्से ७.५९ अंकले गिरावट, यी हुन सर्वाधिक कमाउने र गुमाउने कम्पनी

दैनिकी न्यूज

१३, श्रावण २०७७
नेप्से ७.५९ अंकले गिरावट, यी हुन सर्वाधिक कमाउने र गुमाउने कम्पनी
images

काठमाडौं । मंगलबार नेप्से सूचक ७.५९ अंकले घटेर १ हजार ४५४.८९ विन्दुमा आएर आजको कारोबार बन्द भएको छ । त्यस्तै सेन्सेटिभ सूचक पनि १.६४ अंकले घटेर ३०५.६७ विन्दुमा आएर बन्द भएको छ ।

मंगलबार १८५ वटा कम्पनीको ३२ लाख ४७ हजार कित्ता शेयर १ अर्ब २५ करोड रुपैयाँमा खरिद बिक्री भएको छ।

कारोबारमा आएका १२ वटा उपसमुहमध्ये दुई वटा उपसमुहको सूचक सकारात्मक देखिएका छन् भने बाँकी १० वटा उपसमुहको सूचक नकारात्मक देखिएका छन्।

यस दिन नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा धेरै १० करोड ३५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यस्तै नेपाल लाइफ इन्स्योरेन्सको ९ करोड ८९ लाख, एनएमबि बैंकको ६ करोड ४१ लाख, एनआइसी एशिया बैंकको ५ करोड ६२ लाख र हिमालयन डिस्टिलरीको ५ करोड ४५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।


मंगलबारको बजारमा मिर्मिरे माइक्रोफाइनान्सको सबैभन्दा धेरै ९.९४ प्रतिशतले बढेको छ । त्यस्तैजोशी हाइड्रोपावरको ९.०९ प्रतिशत, मल्टिपर्पस फाइनान्सको ५.५६ प्रतिशत, हिमालयन पावरको ५.३० प्रतिशत, एनआइसी एशिया ब्यालेन्स फण्डको इकाइ मूल्य ४.२८ प्रतिशत र श्री इन्भेष्टमेन्ट फाइनान्सको ३.९२ प्रतिशतले बढेको छ।

उता पोखरा फाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै ५.०३ प्रतिशतले घटेको छ । त्यस्तै नेपाल हाइड्रो डेभलपर्सको ३.०१ प्रतिशत, तिनाउ मिसन डेभलपमेन्ट बैंकको २.८६ प्रतिशत,राष्ट्रिय बीमा कम्पनीको संस्थापक शेयरको २.८५ प्रतिशत र हिमालयन जनरल इन्स्योरेन्सको २.५७ प्रतिशतले घटेको छ।

images
प्रकाशित मिति :श्रावण १३, २०७७ मंगलवार - १५:३०:४० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology