Logo

शनिवार, आश्विन २४ गते २०८३

images

मंगलबार पनि सुनचाँदीको भाउ ह्वात्तै बढेर बनायो नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

मंगलबार पनि सुनचाँदीको भाउ ह्वात्तै बढेर बनायो नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

दैनिकी न्यूज

१३, श्रावण २०७७
मंगलबार पनि सुनचाँदीको भाउ ह्वात्तै बढेर बनायो नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?
images

 काठमाडौँ । मंगलबार सुनको भाउले नेपाली बजारमा नयाँ रेकर्ड बनाएको छ ।

अघिल्लो दिन सोमबार सुनको मूल्य प्रति तोलामा १ हजार २०० रुपैयाँले बढेर प्रति तोला ९७ हजार ५०० रुपैयाँमा कारोबार भएकोमा मंगलबार फेरि ह्वात्तै बढेर हालसम्म कै उच्च मूल्यमा कारोबार भएको छ । नेपाल सुनचाँदी ब्यबसायी महासंघका अनुसार मंगलबार छापावाल सुन तोलामा ७ सय रुपैया बढेर ९८ हजार २ सय रुपैयामा कारोबार हुने भएको छ । 

महासंघका अनुसार मंगर तेजाबी सुनको भाउ प्रति तोला ९७ हजार ७ सय ६० रुपैयाँ रहेको छ । त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । सोमबार चाँदीको मूल्य अघिल्लो दिनको भन्दा ५५ रुपैयाँले बढेर प्रति तोला १ हजार २ सय १० रुपैयाँ पुगेकोमा मंगलबार फेरि  तोलामा ३५ रुपैयाले बढेर  १ हजार २ सय ४५ रुपैया पुगेको छ  ।

images
प्रकाशित मिति :श्रावण १३, २०७७ मंगलवार - ११:१८:५५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology