काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २.६२ अंकले घटेको छ । आज २.६२ अंकले परिसूचक घटेर नेप्से १ हजार ४६२.४८ विन्दुमा आएर कारोबार बन्द भएको छ ।
१८७ ओटा कम्पनीको २८ हजार ४९५ वटा कारोबारमा १ अर्ब ८१ करोड २५ लाख ५० हजार ३८ रुपैयाँ बराबरको ४२ लाख ५७ हजार १६१ कित्ता शेयर कारोबार भएको छ । त्यस्तै गरी ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक पनि ०.२२ अंकले बढेर ३ सय ७.३१ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ ।
आज कारोबारमा आएका १२ वटा उसमूहमा रहेका ४ वटा समूहको शेयर मुल्य बढेको छ । बाँकी ८ वटा समूहको शेयर मुल्यमा गिरावट आएको छ । विकास बैंक समूह ४.१८ अंक, उत्पादन समूह ५.०३ अंक, अन्य समूह ५.७१ अंक र लघुवित्त समूह १२.४६ अंकले बढेको छ । उता बैकिङ समूह १.२५ अंक, व्यापार समूह ७.०७ अंक, होटल्स समूह ३२.९१ अंक, जलविद्युत समूह २.५९ अंक, वित्त समूह ०.९४ अंक, निर्जिवन विमा समूह १५०.४१ अंक, जीवन विमा समूह ८८.७१ अंक र म्युचल फण्ड समूह ०.०१ अंकले गिरावट आएको छ ।
यस दिन नेपाल पुनर्बीमा कम्पनीको उच्च कारोबार भएको छ, जसको यस दिन ११७ करोड ४४ लाख १९ हजार ९४७ रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै नेपाल पुनर्विमा कम्पनीको १४ करोड ८८ लाख ६१ हजार १९४ रुपैयाँ, नबिल बैंकको ९ करोड ९ लाख ९ हजार ५५ रुपैयाँ, एनआईएशिया लघुवित्तको ७ करोड ७९ लाख २० हजार ८५ रुपैयाँ, एनआईसी एशिया बैंकको ६ करोड ९२ हजार ७९७ रुपैयाँ, एनएमबि बैंकको ५ करोड ८४ लाख १७ हजार ७९० रुपैयाँ बराबरको कारोबार भएको छ ।
सर्वाधिक कमाउने कम्पनी
आज जोशी हाइड्रोपावरकाको शेयर मुल्यमा पोजिटिभ सर्किट लागेको छ, जसको शेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै एनआईसीएशिया लघुवित्तकोृ ४.९९ प्रतिशत, श्रीराम सुगर मिल्सको ४.९७ प्रतिशत, मिर्मिरे लघुवित्तको ४ प्रतिशतल शेयर मूल्य बढेको छ ।
सर्वाधिक गुमाउने कम्पनी
आज कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्यमा धेरै गिरावट आएको छ, जसको शेयर मूल्य ९.५२ प्रतिशतले घटेको छ । त्यस्तै ओरियन्टल होटल्सको ६.८१ प्रतिशत, गोर्खाज फाइनान्सको ५.६९ प्रतिशत, घलेम्दी हाइड्रोको ५.५६ प्रतिशतले शेयर मूल्यमा गिरावट आएको छ ।