काठमाडौ । प्रभु बैंकले २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र सायन १९ गतेबाट बिक्री खुला गर्ने भएको छ ।
बैंकले १० प्रतिशत ब्याजदरमा ८ वर्षे अवधिको “प्रभु बैंक डिबेन्चर २०८४” जारी गर्न लागेको हो।
कूल २ अर्ब रुपैयाँको २० लाख कित्ता ऋणपत्रमध्ये १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता व्यक्तिगत तवरबाट र ८० करोड रुपैयाँ बराबरको ८ लाख कित्ता ऋणपत्र सर्वसाधारणमा बिक्री गर्ने बैंकले जनाएको छ।
बैंकको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिंङ्ग लिमिटेड छ। बैंकको ऋणपत्रमा साउन १९ गतेबाट छिटोमा साउन २३ र ढिलोमा भदौ १ गतेसम्म आवेदन दिन सकिनेछ । ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि ३ लाख कित्तासम्म आवेदन दिन पाइनेछ ।
८ वर्ष अवधि रहेको सो ऋणपत्रमा बैंकले वार्षिक १० प्रतिशतका दरले प्रत्येक आर्थिक वर्षको प्रथम र द्वितिय अर्धवार्षिक समाप्त भएपश्चात भुक्तानी गर्नेछ।
लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।