काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शुक्रवार सिटीजन्स बैंक इन्टरनेशनल लिमिटेडको ४६ लाख ७६ हजार २०५ दशमलव ७४ कित्ता शेयर सूचीकृत भएको छ ।
उक्त कम्पनीले सहयोगि विकास बैंकलाई प्राप्ति गरेपछि सिटीजन्स बैंक इन्टरनेशनल लिमिटेडको नामबाट उक्त शेयर सूचीकृत भएको हो । अव यो शेयर लगानीकर्ताले खरीदविक्री गर्न सक्नेछन् ।
सिटिजन्सले सहयोगी विकास बैंकलाई एक्विजिशन गरी असार २० गतेदेखि एकीकृत कारोबार शुरु गरेको हो ।