Logo

शनिवार, आश्विन २४ गते २०८३

images

महासंघको साधारणसभा स्थगित

महासंघको साधारणसभा स्थगित

दैनिकी न्यूज

८, श्रावण २०७७
महासंघको साधारणसभा स्थगित
images

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले यही साउनको २६ र २७ मा गर्ने भनेको साधारणसभा स्थगित गरेको छ । सरकारले सबै प्रकारका सभा,गोष्ठी, तालीम, सेमिनार, प्रदर्शन, भेला तथा सम्मेलन गर्न लगाएको प्रतिवन्ध कायमै रहेपछि महासंघले साधारणसभा स्थगित गर्ने निर्णय गरेको हो ।

महासंघकि अध्यक्ष भवानी रानाले सरकारले सबै कार्यक्रम गर्न दिने भनेको १५ दिनपछि महासंघको निर्वाचनको मिति तय गरिने जानकारी दिएकी छन्।

यससंगै महासंघको निर्वाचन दोस्रो पटकलाई सरेको हो। गत चैत २८ र २९ गते हुनुपर्ने महासंघको साधारणसभा लकडाउनका कारण साउन २६ र २७ गते साधारण सभा गर्ने निर्णय गरेको थियो। महासंघको ५४ औँ वार्षिक साधारणसभाले नयाँ कार्यसमितिको छनौट गर्नेछ।

images
प्रकाशित मिति :श्रावण ८, २०७७ बिहिवार - १९:१७:३१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology