काठमाडौं । बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १०.१३ अंकले बढेको छ । आज नेप्से १०.१३ अंकले परिसूचक बढेर नेप्से १ हजार ४४२.६१ विन्दुमा आएर कारोबार बन्द भएको छ ।
१८७ ओटा कम्पनीको २८ हजार ६४९ वटा कारोबारमा १ अर्ब ३२ करोड ७१ लाख ३५ हजार २१८ रुपैयाँ बराबरको ३३ लाख ९२ हजार ९६९ कित्ता शेयर कारोबार भएको छ । त्यस्तै गरी ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक पनि ०.७४ अंकले बढेर ३ सय ३.९० को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ ।
आज कारोबारमा आएका १२ वटा उसमूहमा रहेका १० वटा समूहको शेयर मुल्य बढेको छ । बाँकी २ वटा समूहको शेयर मुल्यमा गिरावट आएको छ । आज बैकिङ समूह ३ अंक, व्यापार समूह ७.९४ अंक, होटल्स समूह ४२.५५ अंक, जलविद्युत समूह ६.६२ अंक, वित्त समूह १.४९ अंक, निर्जिवन विमा समूह १८५.७ अंक, अन्य समूह ४.७७ अंक, लघुवित्त समूह २७.६५ अंक र जीवन विमा समूह १५४.६७ अंकले बढेको छ । उता विकास बैंक समूह ३.६५ अंक र म्युचल फण्ड समूह ०.०४ अंकले गिरावट आएको छ ।
यस दिन नेपाल पुनर्बीमा कम्पनीको उच्च कारोबार भएको छ, जसको यस दिन ११ करोड ३२ लाख ३९ हजार ६७९ रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको १० करोड २९ लाख ५६ हजार ८५३ रुपैयाँ, शिखर इन्स्योरेन्स कम्पनीको ८ करोड ५ लाख १८ हजार ८९६ रुपैयाँ, एनआईएशिया लघुवित्तको ७ करोड ७ लाख ४ हजार ९५ रुपैयाँ, एनएमबि बैंकको ६ करोड ३२ लाख २२ हजार ६९ रुपैयाँ, एनआईसी एशिया बैंकको ५ करोड ८९ लाख ६४ हजार ८७३ रुपैया, नेको इन्स्योरेन्स कम्पनीको ४ करोड ९६ लाख ६ हजार २०१ रुपैयाँ बराबरको कारोबार भएको छ ।
सर्वाधिक कमाउने कम्पनी
आज ५ वटा कम्पनीको शेयर मूल्य १० प्रतिशतको हाराहारीमा बढेको छ । तारागाउँ रिजेन्सी होटल र मिर्मिरे लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै ओरियन्टल होटलको ९.९२ प्रतिशत, कालिका माइक्रोफाइनान्सको ९.८९ प्रतिशत, मिथिला लघुवित्तका ९.४४ प्रतिशत, बेष्ट फाइनान्सको ७ प्रतिशत, शिखर इन्स्योरेन्स कम्पनीको ६.७० प्रतिशत, घोडीघोडा लघुवित्तको ५.५७ प्रतिशत, सिद्धार्थ इन्स्योरेन्स कम्पनीको ५.१९ प्रतिशत, गुराँस लघुवित्तको ४.२७ प्रतिशतले शेयर मूल्य बढेको छ ।
सर्वाधिक गुमाउने कम्पनी
आज मल्टीप्रपोज फाइनान्स कम्पनीको शेयर मूल्यमा धेरै गिरावट आएको छ, जसको शेयर मूल्य ५.३६ प्रतिशतले घटेको छ । त्यस्तै हिमालयन उर्जा विकास कम्पनीको ५.१० प्रतिशत, सिन्धु विकास बैंकको ४.५८ प्रतिशत, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ३.७५ प्रतिशत, सानिमा बैंकको डिवेञ्चरको ३.३० प्रतिशत, एनआईसी एशिया व्यालेन्स फण्डको ३.२४ प्रतिशतले शेयर मूल्यमा गिरावट आएको छ ।
४६ लाख ३९ हजार कित्ता बोनस शेयर सूचिकृत
बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ४ लघुवित्तको ४६ लाख ३९ हजार ३२३ कित्ता बोनस शेयर सूचिकृत भएको छ । सूचिकृत गर्नेमा साना किसान लघुवित्त वित्तीय संस्था, स्पर्श लघुवित्त वित्तीय संस्था, डिप्रोक्स लघुवित्त वित्तीय संस्था र समता लघुवित्त वित्तीय संस्था रहेका छन् ।
आज साना किसान लघुको २१ लाख ४१ हजार ९४५.१४ कित्ता, स्पर्श लघुवित्त वित्तीय संस्थाको १ लाख ७ हजार ८ सय ७१ दशमलव नब्बे कित्ता बोनस सूचिकृत भएको छ ।
त्यस्तै आजै डिप्रेक्स लघुवित्तको २३ लाख २० हजार २३१.३३ कित्ता बोनस शेयर, समता लघुवित्तको ९१ हजार ८ कित्ता बोनस शेयर सूचिकृत भएको छ ।
शेयर सूचिकृत भएसँगै डिम्याट खातामा आएपछि लगानीकर्ताहरुको दोस्रो बजारमा कारोबार गर्न सक्नेछन् ।
लगानीकर्ताहरु उत्साहित
साउन २ गते राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिले लगानीकर्ताहरु उत्साहित बनेको थिए । साउन ४ गते नेप्से सूचक अस्वभाविक रुपमा बढेको थियो । त्यो उत्साह १ दिनभन्दा बढी टिक्न सकेन । सोमबार हेर्दा हेर्दै शेयर बजार क्षणभरमै बढेको बजार क्षणभरमै ढल्यो । त्यसपछि शेयर बजार निरन्तर रुपमा घटि रह्यो । त्यो घट्ने क्रम आज रोकिएको छ ।
बैंकिङ प्रणालीमा अधिक तरलता रहेकाले खरिदबिक्री रकम पनि दिनहुँ १ अर्ब भन्दा माथि रहेको छ । लगानीकर्ताले सस्तो ब्याजदरमा सजिलै सेयर कर्जा पाउने वातावरण बनिरहेको छ । यसले पनि खरिदबिक्रीमा उत्साह जारी रहेको हो ।
यसबाहेक केन्द्रीय बैंकको पुँजी बजारमैत्री मौद्रिक नीति पनि अर्को सकारात्मक पाटो हो । अर्थ मन्त्रालय, धितोपत्र बोर्ड तथा नेप्सेका पछिल्ला कामकारवाही पनि सेयर बजार सुधार गर्ने किसिमका छन् । लगानीकर्ताको मनोबल उकास्न नियामकले विभिन्न काम गरिरहेको छ । यसबाट पनि सर्वसाधारण लगानीकर्ताको मनोविज्ञान सकारात्मक बनेको अनुमान गरिएको छ ।
सेयर बजारका लागि अधिकांश पक्षहरु सकारात्मक देखिएका छन् । यति हुँदाहुँदै पनि लक डाउनपछि बजार राम्रैसँग बढेकाले यतिबेला अल्पकालीन कारोबारीहरु पनि उत्तिकै सक्रिय भइरहेका छन् । उनीहरुले नाफा भएपछि बिक्री चाप बढाइदिने गर्छन् । मौद्रिक नीतिपछि बढेको बजारमा कारोबारीहरु सक्रिय भएको पनि पाइएको छ । त्यसले केही दिनयता नेप्सेमा थोरै चाप भने परेको देखिन्छ ।
सेयर बजार तलमाथि गरिरहन्छ । यो बजारको सामान्य नियम पनि हो । सूचक भन्दा पनि आफूले लगानी गरेको कम्पनीतर्फ विशेष ध्यान दिनुपर्ने हुन्छ ।